
Pbu
Rbs
mbd
Mbdvs
Sds
Gisld

Rgs
Hal
Ksm
Vor
Rsb
Bbu
nsb
Gst
Bbbpu
Wsp
Ssm
Sls
Tsm
Ggd
Asm
Pvg
Rgu
Sbs
Rgu

Rmb
Jmb
Rpp
Ptm
Jmb
sab
Mks
bbt
Abd
Bml
Gsb
Syp
Pls
काठमाडौँ । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
त्यस्तै महरासँगै सहसचिव अरुण पोखरेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता प्रक्रियामा रहेको विशेष अदालत स्रोतले जानकारी दियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा पूर्व सभामुख महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो ।
यस्तै पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख रहेको छ ।
