
gms
Ssbus
Ksbus
Pbu
Ssbus
Lsbus
Csbus
dsbus
Gsbus
Bksbus5
Jsbus
Gsl
Nssbus7
Ksbus
Ssbus
Bsbus
Rsbus
bpmhl
Ksbus

Sbs
Bbu
Bbbpu
nsb
Ssm
Rsb
Rgu
Rgu
Ggd
Asm
Wsp
Tsm
Ksm
Vor
Hal
Rgs
Gst
Sls
Pvg

Pls
Syp
Bml
Mks
Rmb
Jmb
sab
Jmb
Abd
Rpp
bbt
Gsb
Ptm
काठमाडौं: शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना मिति बारे रहेको अन्योल अन्त्य गर्दै वैशाख १५ बाट भर्ना प्रक्रिया सुरु हुने स्पष्ट पारेको हो।
केन्द्रद्वारा जारी सूचनाअनुसार वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख २१ गतेबाट नियमित पठनपाठन सुरु हुनेछ।
यसअघि प्रत्येक वर्ष १ वैशाखबाट शैक्षिक सत्र सुरु हुँदै आएको थियो। तर यस वर्ष सरकारले १५ वैशाखबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेसँगै समय तालिकामा परिवर्तन गरिएको हो।
सूचनामा वैशाख २ गतेदेखि नै प्रवर्धनात्मक तथा रचनात्मक शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, वैशाख १५ गतेअघि विद्यालयहरूले वार्षिक कार्यतालिका, शैक्षणिक योजना, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने काम सक्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै शिक्षकहरूको पेशागत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारका लागि योजना बनाउने व्यवस्था गरिएको छ।
सरकारले शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाले सोही अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न पनि विद्यालयहरूलाई निर्देशन दिइएको छ।
