तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बिहिबार, बैशाख २५, २०८२

दाङ । राप्ती गाउँपालिकाले क्षेत्रफलमा आधारित तरकारी खेती प्रोत्साहन कार्यक्रमअन्तर्गत किसान छनोट प्रक्रिया तीव्र बनाएको छ । कार्यक्रमको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले स्थलगत अनुगमन थालेको हो।

कम्तीमा तीन कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका कृषकहरूलाई लक्षित गर्दै पालिकाले प्रति कठ्ठा २ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए । शाखा प्रमुख गडरियाका अनुसार यस वर्ष कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैबीच गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक कमलापती चौधरीको नेतृत्वमा बुधबार अनुगमन टोलीले वडानम्बर ६ का विभिन्न कृषकहरूको खेतमा गई स्थलगत अवलोकन गर्नुका साथै जिपीएस प्रविधिमार्फत जग्गाको क्षेत्रफल मापन गरेको छ । उक्त टोलीमा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक,आर्थिक प्रशासन शाखा प्रमुख रेशमराज अधिकारी,कृषि शाखा प्रमुख बरसाती गडरिया,कृषि प्राविधिक निर्मला गिरी,सुवास भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कृषकहरूले दिएका विवरण र वास्तविक अवस्था मिलाउन टोलीले आवेदन फाराममा उल्लेख गरिएका क्षेत्रफल,खेतीको प्रकार र उत्पादन अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको हो । यस कार्यक्रमअन्तर्गत यस वर्ष एक सय दस जना कृषकले आवेदन दिएका छन्।

उपाध्यक्ष चौधरीले भने, “सहयोग वास्तविक कृषकसम्म पुगोस् भन्ने हाम्रो उद्देश्य हो। त्यही कारण हामी आफैं खेतमै पुगेर अवस्था हेरिरहेका छौं।” गत वर्ष पनि सञ्चालन गरिएको यस कार्यक्रमले किसानहरूमा उत्साह थपेको थियो। यस वर्ष झनै व्यवस्थित र पारदर्शी ढंगले कार्यान्वयन गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]