
Mbdvs
mbd
Rbs
Sds
Pbu
Gisld

Ssm
Sbs
Rgu
Rsb
Bbbpu
Wsp
Ggd
Rgu
Ksm
Sls
Bbu
Rgs
Hal
Pvg
Tsm
Gst
nsb
Vor
Asm

Gsb
Mks
Jmb
Rmb
Pls
sab
Rpp
bbt
Syp
Ptm
Jmb
Bml
Abd
धनगढी । धनगढीमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले सरकारको नयाँ परिपत्रविरुद्ध दबाबमूलक कार्यक्रम तीव्र पारेको छ ।
सरकारी सूचना तथा विज्ञापनहरु सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएकोप्रति महासंघले गम्भीर आपत्ति जनाएको हो । बिहीबार आयोजित सरोकारवालासँगको छलफलले उक्त परिपत्र तत्काल सच्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै पत्रकारहरुले यो निर्णयले स्वतन्त्र सञ्चार माध्यममा नकारात्मक असर पार्ने र निजी मिडियाको अस्तित्वमै चुनौती सिर्जना गर्ने निष्कर्ष निकालेका छन् । सरकारलाई दबाब दिन प्रधानमन्त्री,सञ्चार मन्त्री तथा सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्यहरूलाई मोबाइल सन्देश पठाउने कार्यक्रमसमेत तय गरिएको छ। ‘सरकारी विज्ञापन सबैलाई बराबरी,निजी मिडियाको सम्बर्द्धन गरौँ,श्रमजीवी पत्रकारको रोजीरोटी नखोसियोस्’ भन्ने मागसहित सन्देश पठाउन महासंघले आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ।
शाखा अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वअध्यक्ष तथा कैलालीका विभिन्न सञ्चार माध्यमका सम्पादकहरुको सहभागिता रहेको थियो । दिनेशखबर
