
Pbu
Gsbr-6
Rksr-7
Gsbg-3
jsbr-3
Jsbg-7
Msbg-2
ksbl-7
Usbl-7
Csbg-7


काठमाडौं:सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ । यसअघि २६ साउन २०८२ मा तय गरिएको शुल्क दर राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको दर अनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यसैगरी, मिनीबस तथा मिनी ट्रिपर/ट्रकले काठमाडौं छिर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।
मल्टी एक्सल ट्रक तथा भारी उपकरणका हकमा काठमाडौं छिर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ ।
छ ।
