शिबराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, बैशाख २५, २०८२

दाङ । गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको आयाम बहुउद्देश्यिय सहकारी संस्थाले बुधवार एक कार्यक्रमका बिच आफ्नो नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेको छ ।

संस्थाका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले रिवन काटेर भवनको बिधिवत उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थारुले सहकारीहरुले बचत तथा ऋण लगानी मात्र नगरेर सेवा मूलक र उत्पादन मुखि कार्यहरु अभियानका रुपमा सञ्चालन गर्न सुझाव दिए । गढवा क्षेत्रमा आयाम सहकारी संस्थाले उदाहरणीय काम गरेको भन्दै सांसद थारुले बिकशिल देशमा सहकारी मार्फत् आत्म निर्भर अर्थतन्त्रको बिकासमा टेवा पुग्ने बताए । बिदेशी दातृ राष्ट्रहरु देशमा सु–शासन नहुँदा र केहि सहकारीहरुमा भएको बेथितीका कारण लगानी गर्न खुम्चिएको उनले बताए ।

आयाम सहकारीले आफ्नो नाममा भवन र पग्गा पूँजिकृत गर्न सफल भएकोमा प्रशंसा ब्यक्त गर्दै सहकारीहरुको कूल ग्राहस्त उत्पादनमा हाल गिरावट आएको र सहकारी मार्फत ५ प्रतिशत ग्राहास्त उत्पादन बृद्धि गर्न सकेमा राष्ट्रको अर्थतन्त्रमा समेत टेवा पुग्ने र प्रतिब्यक्ति आयदर बृद्धि हुने बताए ।कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल, गढवा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, सहकारी सञ्जाल गढवाका अध्यक्ष बेगम गहतराज, नेपाल हृदयरोग निवारण प्रतिष्ठान दाङका अध्यक्ष मोहन कुमार पाण्डेय ( शंकर) लगायतले बोलेका थिए ।आयाम सहकारीको हालसम्म कूल २ करोड १७ लाख निक्षेप संकलन रहेको, २ करोड १० लाख ऋण लगानीमा रहेको र १६.७५ तरलताको अवस्थामा संस्थालाई राख्न सफल भएको बताइएको थियो । राजपुरको जंग्रहवा र गढवा बजार र कालाकाटे गरी ३ वटा शाखा कार्यालयहरुबाट कारोवार गरिरहेको र निकट भविश्यमा देउखुरीको लमही र सिसहनीयामा शाखा कार्यालय खोल्ने संभाब्यता अध्ययन पुरा भैसकेको अध्यक्ष ओंम प्रकाश बसेलले जानकारी दिए । उक्त सहकारीले स्थानीय सरकारले गराएको अध्ययन भ्रमणबाट फर्केपछि नयाँ सिकाईको रुपमा पारिवारीक बचत राहतकोष स्थापना गरि निधन भएका शेयर सदस्यहरु र दुर्घटना तथा बिरामी भएर अस्पतालमा परेका शेयर सदस्यहरुलाई बिमा कोषको समेत अभ्यास सुरुवात गरेको कार्यक्रममा जानकारी गराइएको हो ।त्यस्तै संस्थाका ब्यवस्थापक सिता नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव श्याम बहादुर चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]