
ksbl-7
Gsbg-3
Pbu
jsbr-3
Msbg-2
Rksr-7
Csbg-7
Jsbg-7
Usbl-7
Gsbr-6
जनकपुर । मधेस प्रदेश सरकारले शुक्रबार आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश सभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । त्यस्तै कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए । यसैगरी नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य,कृषि र रोजगारीलाई प्राथमिकतामा […]
काठमाडौं । पूर्वप्रधानमन्त्री नेपाल विरुद्ध अख्तियारमा मुद्दा दायर भएसँगै निलम्बित सांसदको संख्या ४ पुगेको छ । २७५ सदस्यीय प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा अर्का १ जना फरार रहेका छन् । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार […]
दाङ । ‘प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ भन्ने मुख्य नारासहित लमही नगरपालिकाले आज (जेष्ठ २२ गते) एक विशेष र सन्देशमूलक कार्यक्रमको आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ । नगरपालिकाले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले फोहोर उठाउने दौड प्रतियोगिता आयोजना गरेको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले वातावरण […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्धको केहीबेरअघि दर्ता भएकाे अख्तियार उच्च स्राेतले बतायो । नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्री माथि भ्रष्टाचार मुद्दा दर्ता […]
कैलाली । जिल्लाको विभिन्न स्थानहरुबाट चोरी गरिएका मोटरसाइकल सहित चार जना पक्राउ परेका छन् । जेठ २० गतेका दिन जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक रमेश दत्त अवस्थीको कमान्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका वडा नम्बर–१ लोहारपुर र सो क्षेत्र वरपरका जङ्गलहरुबाट उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ परेका मध्ये […]
काठमाडौं । पोर्चुगल,नर्वे र डेनमार्क पठाउने भन्दै १५ लाख बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर–१२,घर भएका ५५ वर्षीय वीरबहादुर घिसिङ र बर्दिबास नगरपालिका–६ का ३९ वर्षीय दिनेश खड्का छन् ।उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकु र कोटेश्वरबाट पक्राउ गरेको हो […]
काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई सफाइ दिने न्यायाधीशहरुमाथि छलफल गर्न बसेको न्यायपरिषदको आकस्मिक बैठक सकिएको छ । परिषद स्रोतका अनुसार बिहान बसेको उक्त बैठकमा आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि पनि छलफल भएको थियो । उच्च अदालतका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित केही दिनअघि न्याय […]
काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा […]
सिरहा । प्रहरीको हिरासतबाट मान्छे छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर-१, गौरीपुरका प्रमोदकुमार यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार,सिरहा नगरपालिका वडा नम्बर-१६,माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै उनले रकम लिएका थिए । विवेककी आमा रानीदेवी यादवले […]
काठमाडौँ । प्रतिनिधिसभाको मङ्गलबार आजका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । त्यस्तै विपक्षी दलहरु […]