
Usbl-7
Gsbr-6
jsbr-3
Msbg-2
Jsbg-7
ksbl-7
Gsbg-3
Rksr-7
Csbg-7
Pbu
दाङ । अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कमा एकै परिवारका चार नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन् । मृतकमध्ये दुई जना बालबालिका, एक महिला र एक पुरुष रहेका छन् । म्यानेसास पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरुलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेका प्रहरीले घरको तल्लो […]
काठमाडौँ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा सम्मानित भएको छ । देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका आधारमा राप्तीलाई छनोट गर्दै सम्मान प्रदान गरेको हो। प्यानले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका उत्कृष्ट पालिका,विद्यालय र प्रधानाध्यापकहरुलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिको सिफारिसमा […]
दाङ । गढवा गाउँपालिकाले गरेको बिकास योजनाहरुको मोडेलको अध्ययन अवलोकन गर्न गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ को टोली शुक्रवार दाङको गढवामा आएको छ ।जनप्रतिनिधी,कर्मचारी र टोल बिकास संस्थाका अगुवाहरुले गढवा गाउँपालिका वडा नम्बर ५ ले टोल बिकास संस्थाहरुको अगुवाईमा भए गरेका कामहरुबारे स्थलगत अवलोकन तथा छलफल र अन्तरक्रिया गरेको हो । टोलीलाई गढवा गाउँपालिका […]
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर -८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । आज दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति […]
काठमाडौं । प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ । शुक्रबार आज बानेश्वरस्थित संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर […]
काठमाडौँ । नेपाल सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रवार आज बिहानैबाट खोजी कार्य सुरु भएको छ । यसक्रममा एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सह–प्रवक्ता शैलेन्द्र थापाले आज बिहान जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको जानकारी दिए । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा […]
काठमाडौँ । संसदको अवरोध हटाउने वा जारी राख्ने सम्बन्धमा विपक्षी दलहरुको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी रहेको छ । भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार संसद बैठक अवरोध गर्दै आएका छन् । त्यस्तै बिहीबार बसेको बैठकले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्दै […]
जनकपुर । मधेस प्रदेश सरकारले शुक्रबार आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश सभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । त्यस्तै कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए । यसैगरी नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य,कृषि र रोजगारीलाई प्राथमिकतामा […]
काठमाडौं । पूर्वप्रधानमन्त्री नेपाल विरुद्ध अख्तियारमा मुद्दा दायर भएसँगै निलम्बित सांसदको संख्या ४ पुगेको छ । २७५ सदस्यीय प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा अर्का १ जना फरार रहेका छन् । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार […]