
Lnp
Usb
Rgp
ksb
lnp
Rgp
Rgp
Ggp
Dbs
Sgp
Ggp
Jns
Asb
Pbu
Lks
Rgp
Dus


सिरहा । प्रहरीको हिरासतबाट मान्छे छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर-१, गौरीपुरका प्रमोदकुमार यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार,सिरहा नगरपालिका वडा नम्बर-१६,माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै उनले रकम लिएका थिए । विवेककी आमा रानीदेवी यादवले आफूसँग उनले २०८१ असार २७ मै १ लाख ७० हजार रुपैयाँ लिएको जाहेरीमा उल्लेख गरेकी छिन् ।
त्यस्तै पीडितको जाहेरीका आधारमा प्रमोदलाई पक्राउ गरेको र सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय,सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
यस्तै,प्रहरी सेवा नि:शुल्क रहेको र कसैले काम गराइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेमा प्रमाण सहित प्रहरीमा उजुरी गर्न सिरहा प्रहरीले आग्रह गरेको छ ।
