
Rbs
Sds
Gisld
Mbdvs
mbd
Pbu

Rgu
Asm
Rsb
Wsp
Bbu
Rgs
Sbs
Sls
Vor
Hal
Ksm
Rgu
Ggd
Ssm
Gst
Tsm
Bbbpu
nsb
Pvg

Bml
Ptm
Jmb
bbt
Pls
Mks
Abd
Rmb
Rpp
Syp
Gsb
sab
Jmb
दार्चुला । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुलामा पुगेर झोलुङ्गे पुलको शिलान्यास गरेका छन् ।
उनले व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ स्थित घट्टेखोलामा पुल निर्माणको औपचारिक सुरुवात गरेका हुन् । नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल निर्माणको चर्चा भइरहेका बेला सीमा नजिकैको घट्टेखोलामा पुल शिलान्यास गरिएको हो ।
साम्पाङको टोलीले श्रमदानमार्फत नै पुल निर्माण गर्ने योजना अघि सारेको जनाएको छ । व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीका अनुसार महाकाली नदीभन्दा केही सय मिटर टाढा रहेको आन्तरिक खोलामा पुल निर्माण गर्न लागिएको हो । उक्त स्थानमा यसअघि काठे पुल रहेको बताइएको छ।
त्यस्तै,दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि नेपालकै आन्तरिक खोलामा पुल निर्माणको शिलान्यास गरिएको पुष्टि गरेका छन् । शिलान्यास कार्यक्रममा साम्पाङले आफू राजनीतिक उद्देश्यभन्दा माथि उठेर दार्चुला बासीलाई राहत दिन पुल निर्माणमा जुटेको बताए ।
यस्तै उनले समस्या समाधानका लागि आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । राईले महाकालीमा पुल निर्माण गर्ने भनेर प्रचार गरे पनि घट्टेखोलामा पुलको शिलान्याश निर्माण गरेका हुन् ।दिनेशखबर
