
Dbs
Jns
Dus
Rgp
Rgp
Sgp
ksb
Ggp
Lnp
Ggp
Pbu
lnp
Rgp
Asb
Rgp
Usb
Lks


काठमाडौं । पोर्चुगल,नर्वे र डेनमार्क पठाउने भन्दै १५ लाख बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर–१२,घर भएका ५५ वर्षीय वीरबहादुर घिसिङ र बर्दिबास नगरपालिका–६ का ३९ वर्षीय दिनेश खड्का छन् ।उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकु र कोटेश्वरबाट पक्राउ गरेको हो ।
यस्तै घिसिङले नर्वे र डेनमार्क पठाउने भन्दै २ जनाबाट ५ लाख १० हजार र खड्काले पोर्चुगल पठाउने भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।
