
Usb
Rgp
ksb
Ggp
Dus
lnp
Asb
Dbs
Lks
Lnp
Sgp
Rgp
Rgp
Rgp
Jns
Ggp
Pbu


कैलाली । जिल्लाको विभिन्न स्थानहरुबाट चोरी गरिएका मोटरसाइकल सहित चार जना पक्राउ परेका छन् ।
जेठ २० गतेका दिन जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक रमेश दत्त अवस्थीको कमान्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका वडा नम्बर–१ लोहारपुर र सो क्षेत्र वरपरका जङ्गलहरुबाट उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ परेका मध्ये दुई जना यसअघि पनि चोरी मुद्दामा संलग्न रही जेल सजाय भुक्तान गरिसकेका थिए । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी–१ लोहारपुरका १४ वर्षीय नीराजन शाही, घोडाघोडी–१० पहलवानपुरका २३ वर्षीय जितेन्द्र चौधरी, र घोडाघोडी–१ लक्ष्मीपुरका १४ वर्षीय अर्का एक जना रहेका छन् ।
यस्तै उनीहरुमध्ये केही व्यक्तिले चोरी गरिएका मोटरसाइकलहरु सस्तो मूल्यमा खरिद गरी नाफा कमाउँदै पुनः बिक्री गर्दै आएको प्रहरीको भनाइ छ । उनीहरुको साथबाट चोरी गरिएका ८ वटा मोटरसाइकल समेत बरामद गरिएको छ । बरामद मोटरसाइकलहरूमध्ये केही नम्बर प्लेटबिहीन छन् भने केहीमा फरक फरक जिल्ला तथा प्रदेशको नम्बर प्लेट टाँसिएको पाइयो । ती मोटरसाइकलहरु मध्ये हिरो कम्पनीको सुपर स्प्लेण्डर र बजाज कम्पनीका पल्सर मोडलका मोटरसाइकलहरु प्रमुख रहेका छन् ।
त्यस्तै पक्राउ परेका चारै जनालाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चोरीको गिरोहबारे थप अनुसन्धान जारी रहेको छ ।
