Sidha Patra बुधबार, जेठ २१, २०८२

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो ।

सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित छन् । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् । जातीय छुवाछूत कानूनत: दण्डनीय अपराध हो ।

यस्तै नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी,वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।

त्यस्तै दिवसका अवसरमा आज सरोकारवालाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राज्यका उच्च पदस्त व्यक्तिहरुले पनि दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै छुवाछूतमुक्त राष्ट्रका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । अनलाईनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]