
Mbdvs
Sds
Gisld
mbd
Rbs
Pbu

Ksm
Gst
Asm
Hal
Ggd
Bbbpu
Bbu
Sbs
Tsm
Rgs
Rgu
Rsb
Vor
Rgu
Ssm
Wsp
Sls
nsb
Pvg

Jmb
Gsb
Rpp
Abd
Pls
Syp
Rmb
Mks
sab
Bml
bbt
Jmb
Ptm
दाङ । दंगीशरण गाउँपालिकामा कुपोषित तथा निम्न आयस्तर भएका घरपरिवारलाई लक्षित गरी सरसफाइ सामग्री वितरण गरिएको छ ।
आइडी र हेलन किलर इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग तथा बेस संस्थाको सहकार्यमा सञ्चालित “पोषणमार्फत जीवन रुपान्तरण परियोजना” अन्तर्गत वडा नं. १, २, ३, ४ र ५ का पाँच वर्षमुनिका बालबालिका भएका ६० घरधुरीलाई एक कार्यक्रमका नीच गाउँपालिका अध्यक्ष शम्भु गिरीले सामग्री प्रदान गरेका हुन् ।
वितरण गरिएका सामग्रीहरुमा नङ काट्ने (नेलकटर),मञ्जन,ब्रस,हरपिक,शौचालय सफा गर्ने ब्रस,हात धुने साबुन,एक केजी सर्फ,प्याड, केटल म्याट तथा पानी फिल्टर रहेका छन् ।
यस्तै परियोजनाका अनुसार वडा नम्बर ६ र ७ मा रहेका कुपोषित तथा कुपोषणको जोखिममा रहेका निम्न आयस्तरका परिवारलाई वडा नम्बर ६ को स्वास्थ्य चौकीमार्फत सामग्री वितरण गरिनेछ ।
त्यस्तै परियोजनाले कार्यक्रम सञ्चालन गर्नुअघि ७ वटै वडामा स्क्रिनिङ गरी आवश्यकताअनुसार लाभग्राही पहिचान गरी माग संकलन गरेको जनाएको छ ।लाइभदाङ
