
Rgp
Lks
Jns
lnp
Usb
Rgp
Sgp
Ggp
Rgp
Dbs
Ggp
Lnp
ksb
Rgp
Dus
Asb
Pbu


दाङ । ‘प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ भन्ने मुख्य नारासहित लमही नगरपालिकाले आज (जेष्ठ २२ गते) एक विशेष र सन्देशमूलक कार्यक्रमको आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ ।
नगरपालिकाले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले फोहोर उठाउने दौड प्रतियोगिता आयोजना गरेको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले वातावरण संरक्षण केवल सरकारको नभई प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गर्दै यस्ता रचनात्मक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । वातावरण संरक्षणको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय स्तरमा विभिन्न नीति, योजना तथा कार्यक्रमहरू निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानुन र संस्थागत संरचनाहरू समेत निर्माण भएर कार्यान्यवन भएको नगर प्रमुख चौधरीको भनाई छ ।
त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेमा पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोक्न सकिने र मानव अस्तित्व सहज रूपले चलिरहने आशा गर्न सकिने बताईन् । मानव क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली,वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिकले चेतावनी दिएकोले सबै समयमा सतर्क रहनु पर्ने विचार व्यक्त गरिन् ।
डिभिजन वन कार्यालय दाङ ( देउखुरी ) का सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले वातावरण सफा र प्रदुषण मुक्त राख्न कागजको झोला,कपडाका झोला प्रयोग गर्न सबैलाई उत्प्रेरित गर्नु पर्ने बताए । हरेका घर घर बाट निस्किएका गल्ने वा नगल्ने फोहोरलाई निश्चित मूल्य निर्धारण गरि खरिद गर्ने खालको योजना ल्याउन सके नगरपालिकालाई फाइदा हुने बताए । जनताको घरबाट सिर्जित फोहोरलाई व्यवस्थापन गर्न दिनहुँ जसो नगरपालिकाले खरिद गरि पुनरुत्पादनका लागि कुनै कम्पनीलाई जिम्मेवारी दिनेहो भने केहि हदसम्म प्रदुषणलाई घटाउन सकिन्छ’- वाग्लेले भने ।
दौड प्रतियोगितामा नगर क्षेत्रका विद्यालय, युवा समूह, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, तथा नगरवासी गरि ८ वटा समूहले भाग लिएको थियो । सहभागीहरूले नगर क्षेत्रका विभिन्न स्थानबाट प्लास्टिकजन्य तथा अन्य फोहोर उठाउँदै निश्चित दूरीसम्म अर्थात नगरपालिकाको कार्यालय सम्म दौडनु पर्यो ।
प्लास्टिक प्रदूषण न्यूनीकरण, नगर सरसफाइ, र स्थानीय बासिन्दामा वातावरणीय चेतना फैलाउने उदेश्य रहेको लमही नगरपालिकाको वन, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाको भनाई छ । सहभागीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक गतिविधि निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ ।
विश्व वातावरण दिवसका अवसरमा यस्तो किसिमको अनौठो प्रतियोगिता आयोजना गरेर लमही नगरपालिकाले “काम गरेर देखाऔं” भन्ने दृष्टिकोणलाई व्यवहारमा उतारेको देखिएको छ । फोहोर उठाउँदै दौडने यो अभियानले बालबालिका, युवाहरु, तथा वृद्धवृद्धामा समेत वातावरणप्रतिको जिम्मेवारी र चेतनालाई गहिरो बनाएको छ ।
त्यस्तै फोहोर उठाउँदै दौड प्रतियोगितामा देउखुरी यूवा क्लव प्रथम भएको छ । क्लवले १ घन्टाको समय अगावै १७ किलो फोहोर संकलन गर्न सफल भएको थियो । त्यसैगरी वडा प्रहरी कार्यालय लमहीले १२ किलो ८ सय ग्राम फोहोर संकलन गरेर द्वितीय र व्रम्ह कुमारी इश्वरी विश्व विद्यालयले १२ किलो ६ सय ग्राम फोहोर संकलन गरेर तृतीय भएका थिए ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र एउटा हरियो विरुवा, द्वितीय हुनेलाई नगद ३५ सय रुपैयाँ, प्रमाणपत्र र एउटा हरियो विरुवा र तृतीय हुनेलाई नगद २ हजार रुपैयाँ, प्रमाणपत्र र एउटा हरियो विरुवा प्रदान गरिएको छ । लमही नगरपालिका,वन डिभिजन कार्यालय दाङ ( देउखुरी ) को संयुक्त आयोजनामा भएको कार्यक्रममा निरासिज फाउन्डेसनले सहयोगीको भूमिका निभाएको छ भने कार्यक्रमको संचालन लमही नगरपालिकाको वन, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले गरेकी थिइन् ।
