
Csbg-7
ksbl-7
jsbr-3
Rksr-7
Pbu
Gsbg-3
Msbg-2
Gsbr-6
Jsbg-7
Usbl-7


काठमाडौँ । प्रतिनिधिसभाको मङ्गलबार आजका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ ।
आज बिहान ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् । सदन नचल्ने अवस्था आएपछि सूचना टाँसेर समय सर्दै आएको छ ।
