
Csbg-7
Msbg-2
Gsbr-6
ksbl-7
Rksr-7
Jsbg-7
Usbl-7
Pbu
Gsbg-3
Jsbr-3
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ थकरीकोटमा सोलार पम्प प्रणाली मर्मत भएपछि विगत केही सातादेखि अवरुद्ध भएको खानेपानी सेवा पुनः सुचारु भएको छ। गत असार महिनाको अन्तिम सातामा सोलार कन्ट्रोलरमा विद्युत सट भई जलेपछि उक्त सोलार लिफ्टिङ प्रणाली पूर्णरुपमा बन्द भएको थियो। त्यसको कारण गाउँमा खानेपानी आपूर्ति पूर्णरुपमा अवरुद्ध भएको थियो। राप्ती गाउँपालिकाले […]
एजेन्सी । अमेरिकाले युक्रेनलाई ३२ करोड २० लाख डलर बराबरको हतियार बेच्ने भएको छ । यसमा हवाई रक्षा प्रणाली र बख्तरबंद सैन्य सवारी साधनहरु समावेश भएको बताइएको छ । त्यस्तै युक्रेनमाथि रुसको आक्रमण तीव्र हुँदै गइरहेको समयमा यो निर्णय आएको हो । अर्कोतर्फ, बढ्दो आक्रमणको बिचमा बुधबार इस्तानबुलमा फेरि शान्ति वार्ता भएको थियो । यस […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –१,भालुवाङ घर भई हाल हङकङमा बसोबास गर्दै आएकी समाजसेवी गंगादेवी चन्द ठकुरीले आफ्नी स्वर्गीय आमा नन्ददेवी मल्लको सम्झनामा नीलसागर सेवा आश्रमलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन् । उनले बुधबार आफन्तजनसहित वडा नम्बर ८, मिलनडाँडामा रहेको आश्रममा पुगेर कार्यवाहक अध्यक्ष गरिबु चौधरीलाई नगद १० हजार १ सय ५ […]
धनगढी । कैलालीमा लागूऔषध सहित २ जना युवक पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर –३,नयाँ लायकपुरबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । […]
रुकुम । रुकुम पूर्वमा जंगली च्याउ खाएका मध्य दिदी र भाइको मृत्यु भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर–५, सेराबाङकी ७ बर्षीया भाग्यरेखा बिकको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार मंगलबार राति पौने १२ बजेतिर उपचारका क्रममा भाग्यरेखाको मृत्यु भएको हो […]
दाङ । अपराध जनक कार्य गर्ने गराउने व्यक्ति तथा समूहलाई आवश्यक कारबाहीको माग राख्दै विभिन्न २० वटा लघुवित्त वित्तीय संस्थाको २६ वटा शाखा कार्यालयले मंगलबार ईलाका प्रशासन कार्यालय लमहीलाई ज्ञापन पत्र बुझाएको छ । श्रावण २ गतेका दिन लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको नाममा केही अराजक व्यक्तिहरुको समूहले गढवामा रहेको एन आइ शी एशिया […]
काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको […]
तनहुँ । खुँडा बोकेर गाउँमा आतंक मच्चाउने रास्वपा नेतालाई तनहु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारी रहेको प्रहरीले जनाएको छ । मदिराको नशामा मात्तिएका लौडारीले भानु नगरपालिका–१२ का बलराम अधिकारी र १३ का अशोक अधिकारीलाई लक्षित गर्दै “मार्छु !” भन्दै खुँडा नचायपछि गाउँमा त्रास फैलिएको थियो […]
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो […]
दाङ । हिन्दूधर्म संस्कृति संरक्षण तथा धार्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले देउखुरीमा बोलबम कार्यक्रम सोमबारबाट सुरु भएको छ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती गाउँपालिका–५,पहरुवामा रहेको प्रसिद्ध धार्मिक स्थल शिवसवरीधामको आयोजनामा सुरु भएको बोलबम कार्यक्रममा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । धार्मिक आस्थाको प्रतीकस्वरुप सञ्चालनमा आएको बोलबम कार्यक्रममा शिवभक्तहरुले गंगा स्नान गरी ‘बोलबम, हर हर […]