
Rbs
Syees
Jsbus
gms
Amb
Ratbs
Ddhbs
Nssbus7
syysr
Gsbus
Pbu
Bksbus5
dsbus
Csbus
Ssbus
Gsl

Rgu
Vor
Hal
Ssm
Rsb
Asm
Ksm
Bbbpu
Pvg
Bbu
Wsp
Sls
Rgu
Ggd
Rgs
nsb
Sbs
Tsm
Gst

Syp
Abd
Gsb
Rmb
Jmb
Mks
bbt
Rpp
Bml
Ptm
Pls
sab
Jmb
एजेन्सी । अमेरिकाले युक्रेनलाई ३२ करोड २० लाख डलर बराबरको हतियार बेच्ने भएको छ । यसमा हवाई रक्षा प्रणाली र बख्तरबंद सैन्य सवारी साधनहरु समावेश भएको बताइएको छ ।
त्यस्तै युक्रेनमाथि रुसको आक्रमण तीव्र हुँदै गइरहेको समयमा यो निर्णय आएको हो । अर्कोतर्फ, बढ्दो आक्रमणको बिचमा बुधबार इस्तानबुलमा फेरि शान्ति वार्ता भएको थियो । यस क्रममा युक्रेनले रुसलाई ठुलो प्रस्ताव दिएको छ । यसअन्तर्गत युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच चाँडै प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गरिएको छ ।
कूलमध्ये १५ करोड डलर बख्तरबंद सवारी साधनहरूको मर्मत र हेरचाहका लागि दिइने विदेश मन्त्रालयले भनेको छ । अरू १७ करोड २० लाख डलर भने हवाई रक्षा मिसाइल प्रणालीका लागि दिन लागिएको छ । यो प्रस्तावबारे कांग्रेसलाई समेत जानकारी गराइएको छ । अमेरिकाको आफ्नो हतियार भण्डारको मूल्याङ्कन गर्न सकोस् भनेर केही हप्ता अघि अमेरिकी रक्षामन्त्री पिट हेजसेथले युक्रेनमा हतियार पठाउन प्रतिबन्ध लगाएका थिए ।
यो निर्णयबाट ह्वाइट हाउस पनि छक्क परेको थियो । यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अडान परिवर्तन गर्दै अमेरिकाले युक्रेनमा थप हतियार पठाउने घोषणा गरे । युक्रेनले धेरै नराम्रोसँग आक्रमणको सामना गरिरहेको र यसले आफ्नो सुरक्षा गर्नुपर्ने भन्दै ट्रम्पले विशेष गरी रक्षात्मक हतियारहरू दिने निर्णय गरेका थिए । २०२२ मा रुसले युक्रेनमाथि युद्ध सुरु गरेदेखि अमेरिकाले अहिलेसम्म ६७ अर्ब डलरभन्दा बढीको सैन्य सहायता दिइसकेको छ ।
