
Rgp
lnp
Dus
Usb
Lnp
Rgp
Ggp
ksb
Jns
Lks
Rgp
Dbs
Asb
Ggp
Pbu
Sgp
Rgp


रुकुम । रुकुम पूर्वमा जंगली च्याउ खाएका मध्य दिदी र भाइको मृत्यु भएको छ ।
रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर–५, सेराबाङकी ७ बर्षीया भाग्यरेखा बिकको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार मंगलबार राति पौने १२ बजेतिर उपचारका क्रममा भाग्यरेखाको मृत्यु भएको हो । साउन ५ गते दिउँसो मात्रै भाग्य रेखाका ३ बर्षीय भाइ योजन बिकको सल्यानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यस्तै च्याउ खाएका मध्य उनीहरुकी आमा ३५ बर्षीया रामकुमारी सुनारको दाङमा उपचार जारी छ । रामकुमारीकी जेठी छोरी ९ बर्षीया आयुषा बिकको भने रुकुम पश्चिम अस्पतालमा उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ । साउन २ गते आमा रामकुमारीले स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ घरमा ल्याइ चार आमा छोरा छोरीले खाएका थिए । च्याउ खाएपछि विस्तारै उनीहरुमा स्वास्थ्य समस्या देखिन थालेको थियो । सुरुमा वास्ता नगरेका उनीहरु बिस्तारै शिथिल हुँदै गएपछि तीन दिन पछि मात्रै साउन ५ गते मात्रै अस्पताल पुर्याइएको थियो ।
जतिखेर उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बनि सकेको थियो । रुकुम पूर्वमा उपचार संभव नभएपछि रकुम पश्चिम र त्यहाँ पनि संभव नभएपछि सल्यान हुँदै दाङमा ल्याइ उपचारको प्रयास गरिएको थियो । जंगली च्याउ खाँदा बिरामी परेका चार आमा छोरा छोरी मध्य दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
