
Asb
Rgp
Sgp
Lnp
lnp
Rgp
Rgp
ksb
Ggp
Pbu
Dbs
Rgp
Ggp
Jns
Dus
Usb
Lks


धनगढी । कैलालीमा लागूऔषध सहित २ जना युवक पक्राउ परेका छन् ।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर –३,नयाँ लायकपुरबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनिहरुको साथबाट १ ग्राम ३४० मिलिग्राम लागूऔषध बरामद गरिएको हो ।
त्यस्तै सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
