
Sgp
Rgp
Ggp
lnp
Rgp
Lnp
Lks
ksb
Rgp
Dbs
Asb
Rgp
Ggp
Jns
Usb
Pbu
Dus


दाङ । अपराध जनक कार्य गर्ने गराउने व्यक्ति तथा समूहलाई आवश्यक कारबाहीको माग राख्दै विभिन्न २० वटा लघुवित्त वित्तीय संस्थाको २६ वटा शाखा कार्यालयले मंगलबार ईलाका प्रशासन कार्यालय लमहीलाई ज्ञापन पत्र बुझाएको छ ।
श्रावण २ गतेका दिन लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको नाममा केही अराजक व्यक्तिहरुको समूहले गढवामा रहेको एन आइ शी एशिया लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालयमा जबरजस्ती प्रवेश गरेर कार्यालयको बोर्ड च्यात्ने,तोडफोड तथा तालाबन्दी गर्ने प्रयास जस्ता अनैतिक,अराजक गतिविधि गरि कर्मचारी माथि हातपात र डरधम्की दिने गरेको घटनाको गम्भीर ध्यानाकर्षण जनाउँदै ईलाका प्रशासन कार्यालय लमहीका कार्यालय प्रमुख अनिल रिजाललाई उक्त ज्ञापन पत्र बुझाइएको हो ।
त्यस्तै यस किसिमका गतिविधिले गर्दा वित्तीय संस्थाद्वारा घरदैलोमा दिइने सेवामा ठुलो समस्या पर्ने,कर्मचारी असुरक्षित भइ कमजोर मनोबलका साथ त्रासपूर्ण वातावरणमा कार्य गर्नुपर्ने भएकोले यस्ता किसिमका कार्य तथा गतिविधिको २६ वटा लघुवित्त वित्तीय संस्था लि.हरुको समूहले घोर भत्सर्ना समेत जनाएका छन् ।
नेपाल सरकारले आवश्यक सेवा संचालन एन २०१४
अधीनमा रहि अत्यावश्यक सेवा अन्तरगत समावेश गरेको बैंकिङ सेवामा समेत यस किसिमका अपराधिक घटना तथा सेवा प्रबाहमा हुने अवरोधले देशैभरिनै अराजक तत्वहरुको मनोबल झनै बढ्दै जाने र कर्मचारीहरु माथि अमानवीय व्यवहार तथा अराजक गतिविधि अझै वृद्धि हुन सक्ने भएको हुँदा कर्मचारीको जिउँधनको सुरक्षाको माग गर्दै ईलाका प्रशासन कार्यालय लमही मार्फत सम्पूर्ण सरोकारवाला निकायलाई ध्यानाकर्षण जनाइएको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लि.लमही-३ बनगाउँ शाखा कार्यालयका प्रमुख सन्तोष पोख्रेलले जानकारी दिए ।
त्यस्तै लघुवित्त वित्तीय संस्थाहरु माथि अपराध जनक गतिविधि गर्ने गराउने अराजक व्यक्ति वा समूहलाई आवश्यक कारबाहीको माग गर्दै शान्ति सुरक्षाको व्यवस्था गरि सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने वातावरण मिलाई दिन भनि ईप्रका लमही मार्फत सम्पूर्ण निकायलाई अनुरोध गरिएको शाखा प्रमुख पोख्रेलले सिधा-पत्र डटकमलाई बताए ।
उक्त ज्ञापन पत्र बुझाउदा विभिन्न २० वटा लघुवित्त संस्थाको २६ वटा शाखा कार्यालयका कर्मचारी र साङ्ग्रीला डेभलपमेन्ट बैंक लमहीका कर्मचारी समेतको उपस्थिति रहेकोे थियो ।

