
Pbu
Mbdvs
Rbs
mbd
Sds
Gisld

Rgs
Hal
Wsp
Ksm
Rsb
Bbbpu
Pvg
Rgu
Rgu
Sls
Gst
nsb
Vor
Asm
Bbu
Sbs
Ssm
Ggd
Tsm

Jmb
Jmb
Abd
Ptm
Mks
Rmb
Rpp
Gsb
Pls
bbt
sab
Bml
Syp
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै पुगेर सेवा दिन सुरु गरेको छ ।
पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण घरमै गएर गर्न थालेको हो । सेवाअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार तथा परामर्श, आवश्यक औषधिहरू निःशुल्क वितरणजस्ता कार्य गर्न थालेका टीकापुर नगरपालिका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए ।
त्यस्तै उनका अनुसार ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पालिकाका स्वास्थ्यकर्मीले हरेक महिना चार दिन समुदायमा घरघरमै सेवा दिने कार्यतालिका तयार गरिएको छ । “घरमा पुगेर दीर्घ रोग, उच्च रक्तचाप तथा मधुमेहलगायतको जाँच तथा अनुगमन गर्न थालिएको छ”, जनस्वास्थ्य निरीक्षक सार्कीले भने, “पोषण सरसफाइ तथा जीवनशैलीसम्बन्धी परामर्शसमेत दिन थालिएको छ ।”
घरमै सेवा पाएपछि ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरु खुसी भएका छन् । वडा नं २ विजयनगरका ज्येष्ठ नागरिक मासुलाल चौधरीले स्वास्थ्यकर्मी घरमै आएर सेवा दिँदा खुसी लागेको बताए । “उच्च रक्तचापको समस्या भएको म अस्पताल नियमित औषधि लिन जान नसक्दा बीचमा औषधि छोडेको थिए, स्वास्थ्यकर्मी आएर घरमै उपलब्ध गराएपछि अब नियमित खान्छु”, उनले भने, “हामी शारीरिक रूपमा कमजोर, त्यसैमाथि दीर्घरोगले थलिएका छौँ । हामीलाई अस्पतालमा लाइनमा बस्नुपर्दा गाह्रो हुन्छ । घरमै सेवा पाउँदा सहज हुन्छ ।”
यस्तै अर्का ज्येष्ठ नागरिक पुनसराम चौधरी क्षयरोगका बिरामी हुनुहुन्छ । उहाँले नियमित क्षयरोगको औषधि खाइरहनुभएको छ । घरमै गएर स्वास्थ्य परीक्षण गराएको र खानपान, रहनसहनबारे परामर्श सेवा पाएको पुनसरामले बताए ।
स्वास्थ्यकर्मी लक्ष्मी नारायण पोख्रेलले घरदैलोमै स्वास्थ्य सेवा दिँदा बिरामीको समय र खर्च बचत भएको, घरमै सेवा पाउँदा ज्येष्ठ नागरिक र अपांगता भएकाहरूले सुरक्षित र सम्मानित महसुस गरेको बताए । “दीर्घरोगीलाई नियमित जाँच, औषधि र परामर्श चाहिन्छ”, उनले भने, “घरमै गएर सेवा दिँदा उनीहरूको स्याहारमा पारिवारिक सहयोग वृद्धि हुन्छ । हामीले सरसफाइ र हेरचाह गर्ने तरिकाबारे पनि परामर्श दिने गरेका छौँ ।” घरदैलो सेवालाई कार्यविधि बनाएर नियमित सञ्चालन गर्ने पालिकाको योजना रहेको छ ।रातोपाटी
