
mbd
Mbdvs
Gisld
Sds
Rbs
Pbu

nsb
Hal
Rgs
Rsb
Ssm
Bbbpu
Rgu
Pvg
Sbs
Ksm
Sls
Asm
Ggd
Gst
Wsp
Tsm
Vor
Rgu
Bbu

Gsb
Jmb
sab
Jmb
bbt
Abd
Mks
Rmb
Bml
Rpp
Syp
Pls
Ptm
काठमाडौं । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य १२ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा अहिले दिउँदो पौने ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उकालो चढिरहेको जिप सडकबाट ५० मिटरजति तल खसेको थियो । जिपमा चालकसहित १४ जना सवार रहेको पाइएको डीएसपी बस्नेतले जानकारी दिए । उनीहरू सबै घटनास्थलमा घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर उपचार गर्न लैजाँदा दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै मृतकमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीइ त्रिवेणी गुरुङ र सोही ठाउँकी ३४ वर्षीय पुष्पा घले रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये गम्भीर रहेका तीन जनालाई चितवन रेफर गरिएको डीएसपी बस्नेतले जानकारी दिए । यस्तै चालक करण अधिकारी पनि घाइते रहेकाले दुर्घटना सबै कारण खुलिनसकेको उनले बताए ।अनलाइनखबर
