Sidha Patra मंगलबार, साउन ०६, २०८२

तनहुँ । खुँडा बोकेर गाउँमा आतंक मच्चाउने रास्वपा नेतालाई तनहु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारी रहेको प्रहरीले जनाएको छ ।

मदिराको नशामा मात्तिएका लौडारीले भानु नगरपालिका–१२ का बलराम अधिकारी र १३ का अशोक अधिकारीलाई लक्षित गर्दै “मार्छु !” भन्दै खुँडा नचायपछि गाउँमा त्रास फैलिएको थियो ।रातको समयमा घरमै पुगेर होहल्ला गर्दै झटारो हान्दा स्थानीयले ढोका थुनेर ज्यान जोगाएका थिए ।

त्यस्तै घटनाको खबर पाए लगत्तै गएको प्रहरीले हतियार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । लौडारीलाई हाल हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यस्तै लौडारी केही समयदेखि काठमाडौंमा बस्दै आएका थिए । रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलन अभियानका क्रममा उनी जन्मगाउँ फर्किएका थिए । स्थानीयले सामाजिक सञ्जालमा घटनाको कडा आलोचना गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]