Sidha Patra बुधबार, साउन ०७, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –१,भालुवाङ घर भई हाल हङकङमा बसोबास गर्दै आएकी समाजसेवी गंगादेवी चन्द ठकुरीले आफ्नी स्वर्गीय आमा नन्ददेवी मल्लको सम्झनामा नीलसागर सेवा आश्रमलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।

उनले बुधबार आफन्तजनसहित वडा नम्बर ८, मिलनडाँडामा रहेको आश्रममा पुगेर कार्यवाहक अध्यक्ष गरिबु चौधरीलाई नगद १० हजार १ सय ५ रुपैयाँ सहित दाल,चामल,नुन र तेल लगायतका दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गरे ।

सहयोग कार्यक्रममा उनकी आफन्त मिरा थापा, शेरबहादुर हमाल,अर्जुन चौधरी लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा कार्यवाहक अध्यक्ष चौधरीले आश्रमप्रति देखाइएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै सामाजिक उत्तरदायित्वमा थप उदाहरणीय भूमिका निर्वाह भएको बताए ।

त्यस्तै सहयोग दात चन्द ठकुरीले आफ्नो सानो सहयोगले आश्रममा रहेका बेसहारा नागरिकहरूलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]