
Mbdvs
Pbu
Gisld
Sds
mbd
Rbs

Sls
Bbu
Asm
Ggd
Sbs
Hal
Vor
Ksm
Ssm
Rgs
Rsb
Wsp
Tsm
Rgu
Gst
Pvg
Rgu
Bbbpu
nsb

Syp
bbt
Mks
Rpp
Gsb
sab
Abd
Rmb
Jmb
Pls
Bml
Jmb
Ptm
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४,गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् ।
घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे ।
हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले दाङकाे बंगलाचुली निवासी बर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका बर्ष १८ काे निश्चल चाैधरी र राप्ती गाउँपालिका कै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रबक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
प्रहरीले घटना भएकाे थाहा पाए लगत्तै प्रहरी निरीक्षक ऐरीकाे टाेलीले रातभर नै घटनास्थल सहितका ठाउँमा अनुसन्धान गरि बिहान ४ बजे मात्र पक्राउ परेका तीनकाे प्रमाण सहित पुष्टि गरेकाे प्रहरीले जनाएकाे छ ।
बिहिबार राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ बर्षिय स्मित प्रधानलाई हत्या गरी वडा नं. ४ गोपीनालाकाे दाेलाईखाेला नजिक नालामा फालेको अवस्थामा शब फेला परेको थियाे । उक्त घटना बारे प्रहरीलाई बिहिबार दिउँसो करिब १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेकाे थियाे । मृतक प्रधानको शरिरमा धारिलाे हतियार प्रयाेग गरि हत्या गरेकाे हुन सक्ने बताईएकाे छ । यस्तै एक किशाेर घाईते अवस्थामा भेटिएका थिए ।
त्यस्तै मृतक प्रधान संगै गएका सोही ठाउँ निवासी बर्ष १६ का आयुषमान थापा घाइते भएको र उनको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार चलिरहेको छ । थापा खतरामुक्त रहेकाे प्रहरीले जनाएकाे छ । आयुशमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जरबाट भेट्न आउ भनि बोलाउदा निजहरु बिहिबार राती ८ बजे घरबाट ती युवती भेट्न निस्किएकाे बताईएकाे छ ।
