तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बिहिबार, साउन ०८, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ थकरीकोटमा सोलार पम्प प्रणाली मर्मत भएपछि विगत केही सातादेखि अवरुद्ध भएको खानेपानी सेवा पुनः सुचारु भएको छ।

गत असार महिनाको अन्तिम सातामा सोलार कन्ट्रोलरमा विद्युत सट भई जलेपछि उक्त सोलार लिफ्टिङ प्रणाली पूर्णरुपमा बन्द भएको थियो। त्यसको कारण गाउँमा खानेपानी आपूर्ति पूर्णरुपमा अवरुद्ध भएको थियो।

राप्ती गाउँपालिकाले समस्या समाधानका लागि आवश्यक कन्ट्रोलर खरिद गरी प्राविधिक टोली पठाएर मर्मत गराएपछि बिहीबारदेखि पुनः खानेपानी सेवा सञ्चालनमा आएको हो।

स्थानीय निश्चल सारु मगरका अनुसार खानेपानी सेवा बन्द हुँदा स्थानीय बासिन्दाहरुले करिब १ घण्टा हिँडेर टाढाको कुवा तथा खोल्साबाट पानी ल्याउनुपर्ने बाध्यता थियो ।

पालिकाकाे बिकट पहाडी उक्त गाउँमा हाल ६५ घरधुरी छन्, जहाँ करिब २ किलोमिटर टाढा रहेको प्राकृतिक मुहानबाट सोलार प्रविधिको माध्यमबाट लिफ्टिङ गरी खानेपानी पुर्याइएकाे छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले खानेपानी जस्तो अत्यावश्यक सेवामा कुनै पनि अवरोध नआओस् भनेर पालिकाले तत्काल मर्मतको व्यवस्था मिलाएको जानकारी दिए । उनले आगामी दिनमा यस्ता सेवा निरन्तर चलिरहून् भन्ने उद्देश्यले थप दिगो उपायहरुको योजना निर्माण गरिने बताए ।

स्थानीयवासीहरुले समस्या समाधानमा सक्रिय सहयोग पुर्‍याएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]