
Csbg-7
Gsbr-6
Jsbg-7
Rksr-7
Usbl-7
ksbl-7
Jsbr-3
Pbu
Gsbg-3
Msbg-2
कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर –२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन । साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट साउन ११ गते नजिकैको उखुबारीमा फेला परेको थियो । शव परीक्षणबाट बलात्कारपछि हत्या भएको पुष्टि भएपनि […]
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका २२ जनालाई ७ दिनभित्र स्पष्टीकरण सहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय,कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएकाहरुलाई सात दिनभित्र हाजिर हुन भनेको हो । आफूखुसी गैरहाजिर भएकाहरुमा १ जना प्रहरी सहायक निरीक्षक,१ जना प्राविधिक प्रहरी सहायक हबल्दार,१६ जना प्रहरी जवान र […]
दाङ । देउखुरीको गढवामा अवैध काठ चिरान गरिरहेको अबस्थामा शनिबार पक्राउ गरि बरामद गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा […]
चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। भरतपुर महानगरपालिका वडा नम्बर –२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको […]
रौतहट । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनहरुलाई गरिएको कारबाहीबाट रौतहट जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा १ करोड ४७ लाख ३८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार साउनदेखि असार मसान्तसम्म १६ हजार १४८ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको थियो। […]
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने आफ्नो निर्णयबाट विचलित नहुने बताएकी छन् । त्यस्तै उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो निर्णयबाट आफू विचलित नहुने बताएकी हुन् । उनले पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टी निर्माणमा सक्रिय हुन आह्वानसमेत गरेकी छन्। यस्तै नेकपा एमालेले उनलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि उनले पत्रकार सम्मेलन गरेर […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन्। भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । त्यस्तै सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरुले उठेर […]
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा ‘सामाजिक सुरक्षा कोष संस्थागत विद्यालयका लागि सम्भावना, कानुनी अड्चन तथा अन्य वैकल्पिक विकल्पहरु’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिहीबार जिल्लाको घोराहीमा एक कार्यक्रमका बिच प्याब्सन दाङले ‘सामाजिक सुरक्षा कोष संस्थागत विद्यालयका लागि सम्भावना,कानुनी अड्चन तथा अन्य वैकल्पिक विकल्पहरु’ विषयक कार्यशाला गोष्ठी सम्पन्न […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् । विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पारेका हुन् । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं,जसअनुसार राजस्व वृद्धि,पुँजीगत खर्चमा सुधार, […]
दाङ । नेपालगंजबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको यात्रुबाहक फोर्स गाडी कुमाख गाउँपालिका वडा नम्बर –२,स्थित बढाई ज्युला भन्ने स्थानमा बिहीबार दिउँसो दुर्घटनामा पर्दा चालकसहित १५ जना घाइते भएका छन् । घाइते मध्य १४ जनालाई नेपालगंज पठाइएको छ । त्यस्तै दुर्घटनामा परेर गम्भिर घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका– ६ निवासी २८ वर्षका गाडी चालक पारश आचार्य,३६ […]