
cjs
Gfs
Rgp1
Ggp
Rgp
Pes
Djs
Lnp
Pbu
sbs
Unsku
Srbpu
pku
Sgr
काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रण बाहिर जाने चिन्ता बढिरहेको भन्दै साेमबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले सबै विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ। त्यस्तै अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको र सम्भव हुने ठाउँहरुमा अनलाइन माध्यमबाट मात्रै कक्षा सञ्चालन […]
दाङ । बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालबाट दुई जना कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको छ । सोमबार दुबै जनालाई हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनु भयो । त्यस्तै उहाँका अनुसार आफन्तको इच्छा अनुसार तुलसिपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ३८ बर्षीय पुरुषलाई अपरान्ह ४ बजे र घोराही उपमहानगरपालिका […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८ मुसिनाका निवासी ५५ वर्षीय सुरेश बुढा मगर लामो समय देखि आँखाको बिरामी छन् । उपचारका लागि कहिले भारत त कहिले नेपालका बिभिन्न अस्पताल पुगे तर कुनै पनि अस्पतालमा गतिलो उपचार हुन् सकेन । उनी निरास भएर हिजो आज घरै बसिरहेका छन् । कोइलाबासमा आँखाको उपचार हुने अस्पताल […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नम्बर ६ पथरगढवामा अत्याधुनिक सुविधा सम्पन्न सात शैयाको मन्नत पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ । पहिलो पटक एमबीबीएम डाक्टरहरु सहितको अत्याधुनिक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको हो ।यस्तै देउखुरीको राप्ती गाउँपालिका—६ भगवानपुर निवासी समसाद अलिको करिब डेढ करोडको व्यक्तिगत लगानीमा उक्त पोलिक्लिनिक सञ्चालनमा आएको हो । उक्त […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले गापाभित्रका सरोकारवालाको संयुक्त उपस्थितिमा कोभिडबाट बच्न र बचाउनकालागी ४ वटा प्रस्तावहरुमाथी व्यापक छलफल पश्चात् निर्णय समेत गरेको छ। गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा आज बसेको बैठकमा सम्पुर्ण वडाका वडा अध्यक्षहरु, राजनितिक दल,स्थानिय बुद्दिजिवी,शिक्षणसस्था प्रतिनिधि,अन्य संघसस्था प्रतिनिधि लगायतको सर्वपक्षिय उपस्थिती रहेको थियो। उक्त बैठकले विद्यालय संचालन गर्दा,यातायात संचालन गर्दा निकै सावधानीपुर्वक […]
दाङ । कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिकाका १५ वर्षीय बिधान आचार्यको मृत्यु भएको छ । आचार्यको बैशाख ८ गते भैरहवा मेडिकल कलेजमा पिसिआर चेक गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यस्तै आचार्यमा अत्याधिक ज्वरो देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो । उपचारको क्रममा उनको […]
दाङ । देउखुरीको लमही चेम्बर अफ कमर्स लमहीले दोस्रो चरणमा बढ्दै गइरहेकाे शक्तिसाली काेराेना भाइरस सङ्क्रमणबाट सुरक्षित हुनका लागि स्वास्थ्य मापदण्ड अपनाउन सम्पुर्णमा अपील गरेकाे छ ।काेभिड १९ काे सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेकाे बेला लमही बजारको गोलघर अगाडि पैदल यात्रुलाई नि:शुल्क मास्क बितरण गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले सम्पूर्ण व्यावसायीहरू तथा आम नागरिकलाई […]
दाङ । गढवा गाउँपालिका पशुसेवा शाखाले गढवाका सबै वडाहरुमा किसानहरुलाई निशुल्क घाँसको बिउ वितरणको काम सुरु गरेको छ । बिहिवार गढवाको वडा नं. ६ बाट मकैचरी नामको उननत बर्षे घाँस वितरण सुरु गरिएको र क्रमश सबै वडाहरुमा वितरण गरिने पशु बिकास शाखाका प्रमुख अनन्तराज रेग्मीले जानकारी दिएका छन् । यसैगरी गढवा गाउँपालिका वडा नं. ६ […]
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापका अनुसार पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने भएको छ । त्यस्तै पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजा बाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट […]