
Rgp
Ggp
Msbus
Sdc
Lnp
Asbus
Ksbus
Ksbus
Ggp


काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रण बाहिर जाने चिन्ता बढिरहेको भन्दै साेमबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले सबै विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ।
त्यस्तै अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको र सम्भव हुने ठाउँहरुमा अनलाइन माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन स्थानिय तहहरुलाई गरिए पनि अहिले काेराेनाकाे दाेस्राे चरणको सुरुवातीमै भयावह अवस्था आएकाेले नियन्त्रण बाहिर जान नदिन विकल्पकाे रुपमा सरकारले फेरि साेहि निर्णयलाई देशभर एकसाथ कार्यन्वयनमा ल्याउन भन्दै निर्णय गरेकाे हो ।
यस्तै सम्भव हुने ठाउँहरुमा भर्चुअल मार्फत पठनपाठन गर्न सकिने छ। त्यस्तै सबै प्रकारका परीक्षा स्थगित गर्न र पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित पनि गरेकाे छ। साभार जनसहारा
