
Rgp
cjs
sbs
Unsku
Pes
pku
Rgp1
Sgr
Gfs
Lnp
Ggp
Djs
Pbu
Srbpu

Wsp
Rgu
Pvg
Asm
Vor
nsb
Ggd
Ksm
Tsm
Sls
Rgs
Hal
Ssm
Sbs
Rsb
Rgu
Bbbpu
Bbu
Gst

Syp
Bml
Abd
bbt
Rpp
Pls
Ptm
Rmb
Mks
Gsb
Jmb
Jmb
sab
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापका अनुसार पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने भएको छ । त्यस्तै पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजा बाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ ।
पछिल्लो समय तीब्र रुपमा फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले जनाएको हो ।
यस्तै सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिएको उनले बताए । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
