
Asb
Lks
Sgp
Rgp
lnp
Rgp
ksb
Dus
Ggp
Lnp
Usb
Jns
Rgp
Rgp
Ggp

lms

दाङ । गढवा गाउँपालिका पशुसेवा शाखाले गढवाका सबै वडाहरुमा किसानहरुलाई निशुल्क घाँसको बिउ वितरणको काम सुरु गरेको छ । बिहिवार गढवाको वडा नं. ६ बाट मकैचरी नामको उननत बर्षे घाँस वितरण सुरु गरिएको र क्रमश सबै वडाहरुमा वितरण गरिने पशु बिकास शाखाका प्रमुख अनन्तराज रेग्मीले जानकारी दिएका छन् ।
यसैगरी गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले किसानलाई घाँसको बिउ वितरण गरेर कार्यक्रमको उद्घाटन गरे । बिहिवार गढवाको ६ नम्बर वडामा २ सय २७ जना किसानहरुलाई घाँस वितरण गरिएको शाखाले जनाएको छ ।
