
mbd
Pbu
Rbs
Sds
Mbdvs
Gisld

Rgu
Vor
Hal
Ggd
Asm
Rsb
Bbbpu
Gst
Ssm
Sbs
Wsp
Rgu
Bbu
Tsm
Rgs
Ksm
nsb
Pvg
Sls

Rmb
Mks
sab
bbt
Ptm
Bml
Syp
Jmb
Gsb
Pls
Jmb
Abd
Rpp
काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो ।
नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका एक जना गरी ५ जनाको मृत्यु भएको उनले बताए ।
शिक्षण अस्पतालमा कोहलपुर-५ बाँकेकी ४५ वर्षीय महिला र कोहलपुर-२ की ५० वर्षीय महिलाको मृत्यु भएको उनले बताए । ४५ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ७ बजे मृत्यु भएको हो । उनीमा शनिबार संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट अस्पताल भर्ना भएकी थिइन् ।
कोहलपुर-२ कि ५० वर्षीया महिलाको उपचारको क्रममा सोमबार ४ बजे मृत्यु भएको ओलीले बताए । आइतबार गरिएको पीसीआर परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकोमा सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।
यसैगरी भेरी अस्पतालमा उपचाररत बर्दियाको बढैयाताल-८ का ४३ वर्षीय पुरुषको सोमबार दिउँसो १२ बजे मृत्यु भएको ओलीले बताए । नेपालगञ्ज मेडिकल कलेजमा आइतबार गरिएको पीसीआर परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकोमा थप उपचारका लागि भेरी अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको ओलीले बताए ।
नेपालगञ्ज नर्सिङहोम प्रि आइसोलेसनमा नेपालगञ्ज-४ कि ५५ वर्षीया महिलाको सोमबार दिउँसो २:३५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी बाँकेको खजुरा-२ स्थित होम आइसोलेसनमा बसेका ८८ वर्षीय पुरुषको सोमबार दिउँसो ४ बजे मृत्यु भएको उनले बताए । वैशाख ४ गते गरिएको परीक्षणमा त्यसको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिए पनि उनको आफन्तले उनलाई होमआइसोलेसनमा राख्ने गरी अस्पतालको अनुमतिमा वैशाख १२ गते घर लगेका ओलीले जानकारी दिए । साभार अनलाइन खबरबाट
