
Ggp
Msbus
Ggp
Lnp
Rgp
Ksbus
Ksbus
Asbus
Sdc


दाङ । देउखुरीको गढवा गाउँपालिकाले गापाभित्रका सरोकारवालाको संयुक्त उपस्थितिमा कोभिडबाट बच्न र बचाउनकालागी ४ वटा प्रस्तावहरुमाथी व्यापक छलफल पश्चात् निर्णय समेत गरेको छ।
गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा आज बसेको बैठकमा सम्पुर्ण वडाका वडा अध्यक्षहरु, राजनितिक दल,स्थानिय बुद्दिजिवी,शिक्षणसस्था प्रतिनिधि,अन्य संघसस्था प्रतिनिधि लगायतको सर्वपक्षिय उपस्थिती रहेको थियो।
उक्त बैठकले विद्यालय संचालन गर्दा,यातायात संचालन गर्दा निकै सावधानीपुर्वक संचालन गर्नुपर्ने,रोकथाम तथा सचेतनामुलक कार्यक्रम संचालन गर्ने,एम्बुलेन्स सेवालाई परिचालन गर्ने र आईसुलेसनको उचित ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।
