नेपाल नेत्रज्योति संघ दाङद्वारा राजपुर गापामा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन

दाङ । नेपाल नेत्रज्योति संघ दाङ र आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले मंगलबार राजपुर गाउँपालिकामा पुगेर नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेको छ । नव निर्वाचित गाउँपालिका अध्यक्ष,उपाध्यक्ष तथा वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रत्येक राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ७ का वडा कार्यालयमा पुगेर बधाई ज्ञापन एवं […]

गढवा गापा-५ को पहिलो निर्णय कार्यान्वयन,नागरिकहरुलाई निःशुल्क आँखा स्वास्थ्य शिविर

दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ मा लेख बहादुर थापा वडाअध्यक्षमा निर्वाचित भएर आएपछि वडाका नागरिकहरुलाई निःशुल्क आँखा चेक– जाँचको शिविर संचालन गरि पहिलो निर्णयलाई कार्यान्वयन गर्नु भएको पाइएको छ । पदभार ग्रहणको लगत्तै नेपाल नेत्रज्योति संघ दाङ र लमही आँखा अस्पताल संगको समन्वय सहकार्य तथा प्राबिधिक सहयोगमा आफ्नै पहलमा निःशुल्क आँखा स्वास्थ्य शिविर […]

प्युठानको खड्गेश्वरी माविमा आँखा चेकजाँच १६ विद्यार्थीलाई दृष्टि दोष

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर २ दर्भान स्थित खड्गेश्वरी माध्यामिक विद्यालयमा एक दिने नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको आर्थिक सहयोग तथा खड्गेश्वरी माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न भएको उक्त शिविरमा ४०० जना विद्यार्थीको आँखा चेकजाँच गरिएको थियो । उक्त चार सय जनाको आँखा चेकजाँच गर्दा १६ जना विद्यार्थीलाई दृष्टि […]

राप्ती स्वास्थ्य प्रतिष्ठान दाङद्वारा बितेको १० महिना भित्र ६८ हजार ७ सय बढीलाई सेवा प्रदान

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्ष वितेकाे १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन् । यस्तै ५ हजार २ सय ६ जनाले अन्तरंग सेवा लिएका छन् । आज प्रतिष्ठानले पत्रकार सम्मेलन गरि पछिल्लो समय प्रदान गरेकाे सेवासँगै आगामि दिनमा थप्न लागेकाे स्वास्थ्य सेवाकाे बारेमा जानकारी गराउँदै […]

बेला स्वास्थ्य चौकी व्यवस्थापन समितिको समिक्षा बैठक सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ बेला प्रतापपुरमा रहेको बेला स्वास्थ्य चौकी व्यवस्थापन समितिको समिक्षात्मक बैठक बिहीबार सम्पन्न भएको छ । नेपाल सरकारद्वारा २०७५ सालको जारी निर्देशिका बमोजिमको प्रत्येक स्वास्थ्य चौकीमा स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधि लगायत अन्य विभिन्न निकायका प्रतिनिधि रहने गरि १० जनाको समिति गठन गरिए अनुसार बेला स्वास्थ्य चौकीमा गठन भएको […]

राप्ती गाउँपालिकाको सिसहनियामा सिकलसेल एनिमिया सम्बन्धी विविध कार्यक्रम

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ सिसहनियामा सिकलसेल एनिमियाको नि:शुल्क परीक्षण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त परीक्षण गरिएको हो । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा संचालन भएको कार्यक्रम दुई दिनसम्म संचालन गरिएको थियो । कार्यक्रममा ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका […]

देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,२१७ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो […]

लमही आँखा अस्पताललाई थप सेवाको लागि राजपुर गाउँपालिकाद्वारा जेनेरेटर सहयोग

दाङ । देउखुरीको लमही स्थित रातो डाँडामा संचालन रहेको लमही आँखा अस्पताललाई राजपुर गाउँपालिकाले थप सेवा प्रदानको लागि जेनेरेटर सहयोग गरेको छ । अस्पतालको मागबमोजिम गाउँपालिकाले आर्थिक वर्ष २०७८/ ०७९ को नवौं सभाद्वारा कुल ७ लाख रकम विनियोजन गरेर आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनु भयो । गाउँपालिकाद्वारा प्राप्त ७ लाख र […]

बालविवाह र लैंगिक हिंसा निवारणमा प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर हेल्थ पोष्टको सभाहलमा युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिकाको आयोजनामा बालविवाह र लैंगिक हिंसा निवारणका लागी प्रहरीको समुदायमा पहुच बृद्धिका उपायहरू सम्बंधि क्षमता अभिवृद्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ । कार्रक्रममा प्रहरीहरू लाई बाल अधिकार, बाल अधिकारका चार समुह, बाल अधिकार सम्बंधि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]