
Djs
Rgp1
Ggp
Srbpu
pku
Unsku
cjs
Sgr
Pbu
Rgp
Pes
Gfs
sbs
Lnp

Vor
Gst
Sbs
Bbbpu
Bbu
Rgu
Rgu
Wsp
Ggd
Asm
nsb
Hal
Ksm
Rgs
Ssm
Rsb
Tsm
Pvg
Sls

Ptm
Mks
Rpp
Jmb
Jmb
Syp
sab
Bml
Gsb
Rmb
bbt
Pls
Abd
काठमाडौं। बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।
उनका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ। प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ। यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो। सरकारले ५ देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ।
त्यस्तै पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो। सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ।
यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ।दैनिकअनलाइन
