
Rgp
cjs
Pbu
Pes
Gfs
Srbpu
Lnp
Unsku
Rgp1
Sgr
sbs
pku
Djs
Ggp

Vor
Pvg
Rsb
Ggd
Wsp
Sls
nsb
Bbu
Rgs
Hal
Ksm
Rgu
Gst
Asm
Tsm
Sbs
Rgu
Ssm
Bbbpu

Mks
Rpp
bbt
Pls
Syp
Ptm
Jmb
Rmb
Jmb
sab
Abd
Bml
Gsb
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको बताए ।
पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ । त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा वाग्मती प्रदेशका काठमाण्डौ,ललितपुर,भक्तपुर, काभ्रे,चितवन, सिन्धुली र मकवानपुरमा खोप अभियान चल्ने छ । यस्तै, प्रदेश-१ का झापा,मोरङ, इलाम,सुनसरी,मधेस प्रदेशका सप्तरी,सिरहा, धनुषा, महोत्तरी,पर्सा,गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्वका बालबालिकालाई खोप लगाइने छ।
त्यस्तै,लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम,रूपन्देही,बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान चल्ने छ भने सुदूरपश्चिम प्रदेशको कैलाली,कञ्चनपुर र डडेलधुरामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच,खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नआत्तिन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।
खोप लगाए पछि टाउको दुख्ने,वाकवाकी लाग्ने, बान्ता हुने,सुई लगाएको ठाउँ रातो हुने,शरीर चिलाउने,बिमिरा तथा डाबर आउनेजस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ । यस्तो समस्या देखिए नआत्तिन र समस्या जटिल बन्दै गए अस्पताल जान विभागको आग्रह समेत गरेको छ ।
