
Ggp
Sdc
Ksbus
Lnp
Rgp
Ggp
Msbus
Ksbus
Asbus

दाङ । अपांगता तथा कार्यरता सिमितता भएका बालबालिकाको लागि नि:शुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आइतबार लमही आँखा अस्पतालमा सम्पन्न भएको छ ।
लमही नगरपालिकाको आर्थिक सहयोग तथा अपांग मानव अधिकार एवं सरोकार मञ्च नेपालको समन्वय र समावेशी अपांग संघ लमहीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा लमही नगरपालिका भित्रका २७ वटा विद्यालयका १२७ जना बालबालिकाको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको हो ।
समावेशी अपांग संघ दाङका अध्यक्ष राम शंकर यादवको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख मेयर जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सुरु भएर सम्पन्न भएको कार्यक्रममा लमही नगर पालिकाका शिक्षा शाखा प्रमुख रवीन्द्र क्षेत्री, समावेशी अपांग संघ लमही नगर कमिटीका अध्यक्ष बेदनिधी धिताल लगायतले बोल्नु भएको थियो ।
उक्त कार्यक्रममा कार्यगत सिमितता तथा अपांग भएका बालबालिकाहरुलाई नि:शुल्क आँखा चेकजाँच शारीरिक कानको लागि श्रवण यन्त्र उपलब्ध गराउनुका साथै समावेशी अपांगता तथा तालिम प्राप्त गरेका प्रअहरुले इमिस सव सिस्टम डाटा अप्लोडगरि आएको रिजल्टको आधारमा स्वास्थ्य चेकजाँच गरिएको समावेशी अपांग संघ दाङका अध्यक्ष राम शंकर यादवले जानकारी दिनु भयो ।
सो कार्यक्रममा नेत्र अधिकृत लालबहादुर चौधरी, मेडिकल अफिसर डाक्टर मनिष सिं,नेत्र सहायक बिमल घिमिरे,डाक्टर इप्शाभण्डारी,सुदिपलालराज भण्डारी रहनु भएको थियो भने अपांग मानव अधिकार एवं सरोकार मञ्चका प्रयोजना अधिकृत गीता पौडेलको समेत उपस्थिति रहेकोे थियो ।

