
Ksb
Rsb
Ssb
Gsb
Usb
Nsb
Bsn
Rks
Ksb
jsb
Ksb
Csb
Ssb
Ppu
Tgp

Ssb
Tsb
Gsb
Usb
Hl1

Nps
Rgu
ptl
दाङ । गढवा गाउँपालिकालाई पूणर् खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाको रुपमा घोषणा गर्नुभएको हो ।
गढवा गाउँपालिकाभित्र चालु आर्थिक वर्षमा जन्मेदेखि १५ महिनाका ८९६ र जन्मेको १६ महिनादेखि २३ महिनासम्मका ७५० जना बालबालिकाले नियमित खोप लगाएका छन् । बार्षिक लक्ष्यअनुसार ८० प्रतिशत बालबालिकाले खोप लगाएको गढवा स्वास्थ्य चौकीका प्रमुख रुपनारायण चौधरीले जानकारी दिनुभएको छ ।
त्यस्तै पूर्ण खोप सुनिश्चितता कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी,वडा अध्यक्ष, स्वास्थ्य चौकीका प्रमुखहरुको सहभागिता थियो । कार्यक्रममा गढवाका ८ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
