
Lnp
Msbus
Ggp
Rgp
Ggp
Sdc
Asbus
Ksbus
Ksbus

दाङ । देउखुरीको लमहीमा रहेको नेपाल नेत्रज्योति संघद्वारा संचालित लमही आँखा अस्पतालमा निर्माण भएको नव निर्मित ओपीडी एनेक्स भवनको सामाजिक परिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
लुम्विनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयद्वारा अनुदान सहयोगमा लमही आँखा अस्पताल ओपीडि एनेक्स भवन निर्माण कार्य सम्पन्नको सामाजिक परिक्षण कार्यक्रम भएको हो ।
एनेक्स भवन निर्माण समितिका संयोजक घनश्याम सुवेदीको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा भएको सामाजिक परिक्षण कार्यक्रममा नगर उपप्रमुख योगीले नेपाल नेत्रज्योति संघद्वारा संचालित लमही आँखा अस्पतालमा हरेक कार्यहरुको पारदर्शीता भएको आफुले पाएको बताउनु भएको छ ।
त्यस्तै उहाँले आगामी दिनमा लमही आँखा अस्पताल संग लमही नगरपालिका सधै सहकार्य एवं समन्वय गरेर अघि बढ्ने बताउनु भयो । अहिले लमही नगरपालिकाबाट ५० लाख छुटाइदिएको समेत जानकारी गराउनु भयो ।
समाजसेवी तथा ओपीडी एनेक्स भवन निर्माण समितिका सदस्य पदमप्रसाद शर्मा (पुदासैनी)को स्वागत मन्तव्यबाट संचालन भएको सामाजिक परिक्षण कार्यक्रममा आर्थिक आयव्यय प्रस्तुत ओपीडी एनेक्स भवन निर्माण समितिका सचिव कृष्णप्रसाद भट्टराईले गर्नु भएको थियो ।
एनेक्स भवनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष २०७८÷०७९ मा १९ लाख ४० हजार अनुदान सहयोग प्राप्त भएको प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिनुभयाे । त्यस्तै उक्त सामाजिक परिक्षण कार्यक्रम बहुमतका साथमा पारित भएको थियो ।
कार्यक्रममा संघका उपसभापति रेशमबहादुर खड्का,एनएवीपिका प्राेजेक्ट म्यानेजर सुरेखा गुरूङ लगायत जनप्रतिनिधि,विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको उक्त कार्यक्रमको संचालन फिल्ड व्यवस्थापक टेकबहादुर चौधरीले गर्नु भएको थियो ।


