
Unsku
Pbu
Gfs
Rgp1
pku
Pes
Ggp
sbs
Srbpu
Lnp
cjs
Djs
Rgp
Sgr

Asm
Sbs
Tsm
Pvg
Ssm
nsb
Hal
Rgu
Bbbpu
Ksm
Sls
Rgs
Rgu
Gst
Bbu
Ggd
Wsp
Rsb
Vor

Gsb
Ptm
Jmb
Rpp
Jmb
bbt
Rmb
Mks
Bml
Syp
sab
Pls
Abd
दाङ । राप्ती स्वास्थ बिज्ञापन प्रतिस्ठान घोराही दाङमा अस्पतालको शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ पस्नै कठिन हुन्छ ।
जसोतसो भित्र पसे पनि शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी,भोला पराग जस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका खुलेको छ भने अर्को धोका बन्द रहेको छ । दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालय भित्रै पानीका बोतल, कपडा प्याड जस्ता वस्तु पराग भोला सुर्तीजन्य प्रदार्थको खोस्टाहरु फालेको देख्न सकिन्छ ।
शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान नदिएको देख्न सकिन्छ । राप्ती स्वास्थ बिज्ञान अस्पतालकै एक तलामाथि रहेको अर्को सुत्केरी शौचालय पनि त्यस्तै छ । जताततै फोहोरै फोहोर । प्रायः सबै पिसाब नल भरिएका छन् । भने कर्मचारीहरुका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ ।
त्यहाँ सर्वसाधारणलाई शौच गर्न ताल्चा लगाइएको हुन्छ । अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन् । सर्वसाधारणले प्रयोग गर्ने शौचालय भन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ । यता सुत्केरी वार्डमा भर्ना भएका सुत्केरीहरु भन्छन् यो वार्डमा आएदेखि भने छ्तको टिनबाट पानी परेर सिधै सुत्केरी वार्डको बिस्तारमा चुईन्छ छतमा भएको पलाईबोर्ड पानीले भिजेर कुहिएर झरेको छ। यस्तो गर्मीमा सुत्केरी वार्डमा ८ वटा बेडमा पंखा जम्मा २ वटा रहेको छ । कुनैपनि झ्यालमा जाली समेत लगाएको छैन सबै भन्दा धेरै समस्या लाम्खुट्टे रहेको छ ।
त्यस्तै गर्मी र भर्खा मौसम संगै डेङ्गु मलेरीया हैजा जस्तो रोग सर्न सक्ने डर भएको सुत्केरीहरु बताउँछन् वार्डमा खाने पानीको पनि समस्या छ । नुहाउने र लुगा धुने समस्या छ । बाथरुम बन्द गरिएको छ । यता राप्ती स्वास्थ बिज्ञापन प्रतिस्ठान घोराही दाङका उपकुलपति डाक्टर बिकास लामिछानेले आफुले अनुगमन गरेको र अस्पताल भित्र रहेको अपुग समस्यालाई आफुले निरीक्षण गरेर तत्काल वार्डमा पानी चुइने समस्या खानेपानीको समस्या नुहाउने बाथरुमको समस्या फ़ोहोर शौचालयको समस्या वार्डमा पंखाको समस्या झ्यालमा जालीको समस्या बत्तीको समस्या सबै समस्यालाई उपकुलपति डाक्टर लामिछानेले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

