शिबराज पन्थी/गढवा बिहिबार, आषाढ ०९, २०७९

दाङ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय दाङले जिल्लाका सात स्थानीय तहहरुमा सिकलसेल तथा थालासेमीयाको स्क्रिनिङ परिक्षण गर्न थालिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लाका तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा,राजपुर,राप्ती र दंगिशरण गाउँपालिकामा यहि असार १० र ११ गरि २ दिनसम्म दश बर्ष देखि ३० बर्ष उमेर समूहका नागरिकहरुमा सिकलसेलको रगत परिक्षण गर्न थालिएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जानकारी दिनुभयो ।

यो कार्यक्रमको सम्पुर्ण जिम्मा प्रदेश सरकारले स्वास्थ्य कार्यालय दाङलाई दिइसकेको उहाँले बताउनुभयो । बिषेश गरि थारु समुदायमा देखिने गरेको यो रोग अन्य समुदायमा पनि हुने र यसको परिक्षण प्रबिधि महंगो हुने भएकोले आम नागरिकको राहातकालागि प्रदेश सरकारले एक चरणमा यो कार्यक्रम पहिलो पटक गर्न थालेको मन्त्री थारुले बताउनुभयो ।

बिहिवार देउखुरीको गढवामा भएको एक कार्यक्रममा स्वास्थ्य कार्यालय दाङले सिकलसेल परिक्षणको अभियान जिल्लाका सात स्थानीय तहहरुमा गर्न थालिएको जानकारी गराएको हो । गढवा स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष मानु कुमालको अध्यक्षतामा भएको पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका डा.स्मृति शाहीले सिकलसेल र यसका लक्षणहरुका बिषयमा बिस्तृत जानकारी गराउनु भएको हो ।

सिकलशेल एनिमीया र बिटा थालासेमीया रोग बंशााणुगत रुपमा सर्ने एक प्रकारको रक्त अल्पता हो । यस रोगका बिरामीहरुलाई जिन्दगीभर रगत चढाउनुपर्ने लगायत औषधि उपचारको अवश्यकता रहन्छ । यो रोगको लक्षण भएकाहरुले सन्तती जन्माउन बिहेवारी गर्दा अत्यन्तै ध्यान दिनु आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विवाह पुर्व हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच गरि सिकलसेल तथा थालासेमिया उल्लेखित कुण्डली मिलाएर बैवाहिक निर्णय गरेमा जिवनभर यस रोगको उपचार चाहिने,खर्चिलो प्रबिधि र रोगबाट समेत बच्न सकिने डा.स्मृति शाहीले बताउनुभयो ।

यस रोगको निदान,परामर्श तथा उपचारका लागि बाहिर जानुपर्ने झञ्जट टरिसकेको र अहिले दाङका राप्ती प्रादेशीक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोरहीमा ब्यवस्था रहेको स्वास्थ्य कार्यालय दाङका क्षयरोग तथा कुष्ठरोग अधिकृत डम्बर कुँवरले जानकारी दिनुभयो । अफ्रिकी मुलुकबाट नेपालमा भित्रिएको यो रोग अक्सर गरेर थारु समुदायमा देखिने गरेको भएपनि सबै समुदायमा लाग्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । यो रोगका लक्षणहरु हसिया रक्तकोष भएमा देखिने र जोर्नीहरु तथा पेट दुख्ने, पटक–पटक जण्डिस देखिने,आरबिसी र हेमोग्लोबिनको कमी भएपछि रक्त कोषिकाहरु छिटो मर्ने र रक्त सञ्चार बन्द हुने समस्या रहने कार्यक्रममा जानकारी गराइएको छ ।

यहि असार १० र ११ मा जिल्लाका सात स्थानीय तहहरुमा संचालन गर्न थालिएको निःशुल्क सिकलसेल परिक्षणमा कम्तिमा तिनहजार नागरिकहरुको रक्त परिक्षण गर्ने, गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मिहरुको परिचालन गर्ने,सचेतना मुलक पोष्टर पम्प्लेट र कुण्डली वितरण गर्ने र परामर्श सेवा प्रवाह गर्ने स्वास्थ्य कार्यालय दाङको लक्ष्य रहेको कार्यालय दाङका ल्याब टेक्निसियन निरिक्षक देविलाल डाँगीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका डा.स्मृति शाही, डम्बर कुँवर,ल्याब टेक्निसीयन उज्ज्वल पौडेल,महिला स्वास्थ्य स्वयंसेविका सकुन्तला डिसी र गढवा स्वास्थ्यचौकी ब्यवस्थापन समितिका सदसय खुमानन्द पोखे्रल लगायतले बोल्नुभएको थियो । गढवा गाउँपालिकाका स्वास्य संयोजक कैलाश चन्द्र चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको अभिमुखिकरण कार्यक्रमको संचालन स्वास्थ्यचौकी प्रमुख रुपनारायण चौधरीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]