
Sdc
Ksbus
Rgp
Ksbus
Msbus
Asbus
Lnp
Ggp
Ggp

दाङ । गाई-भैंसी पालक कृषकका लागि गाउँपालिका स्तरीय तीन दिने तालिम बुधबार राजपुरको जंग्रहवामा सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका पशु पन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा सोमबारदेखि संचालन भएको उक्त तीन दिने तालिममा राजपुर गाउँपालिका वडा नम्बर १ देखि ७ नम्बर वडाका ३० जना कृषकलाई तालिम दिइएको हो ।
यस्तै उक्त तीन दिने तालिमको प्रशिक्षकमा पशु स्वास्थ्य शाखा राजपुरका प्रमुख दिपक कुमार राना र सो शाखाका प्राविधिक शेरबहादुर बस्नेत रहनु भएको थियो ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवको अध्यक्षतामा आज सम्पन्न भएको उक्त तालिम कार्यक्रममा उपाध्यक्ष यादवले आगामी दिनमा राजपुर गाउँपालिका भित्रका कृषकहरुका निम्ति यस्तै विभिन्न जनचेतनामूलक प्रशिक्षण तालिमको लागि कार्यपालिकामा बृहत छलफल गरेर बजेट छुटाई दिने बताउनु भयो ।
त्यस्तै सहभागी प्रशिक्षार्थीलाई तीन दिनको तालिमबाट सिकेका ज्ञान् शीपलाई व्यबहारमा लागु गर्दै आफ्ना छिमेकी दाजुभाइ तथा दिदीबहिनी कृषकलाई पनि सिकाउन अनुरोध गर्नु भयो ।
त्यस्तै तालिम सम्पन्न कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट,राजपुर गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ६ का वडा सदस्य दिलमती ओली,पत्रकार मेगमन बुढा,सहभागी कृषक दिल्लीराज चौधरीले बोल्नु भएको थियो भने उक्त कार्यक्रमको संचालन पशु स्वास्थ्य शाखा राजपुरका प्रमुख दिपक कुमार रानाले गर्नु थियो ।

