
cjs
Sgr
Unsku
pku
Rgp
Lnp
Pbu
Srbpu
Rgp1
Gfs
sbs
Djs
Ggp
Pes
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा नि:शुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको सहकार्य एवं समन्वयमा संचालन भएको उक्त नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्त्रीरोग,टिभी-छाला रोग,एचआईभी,दन्त लगायतको सेवाद्वारा १ सय ८१ […]
दाङ । लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्मा आयोजित बृहत निःशुल्क (रक्त दान शिविर) कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी र प्रस्तावित भालुबाङ अस्पतालको सहयोग तथा स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखरी दाङ आयोजना एवं राप्ती गाउँपालिकाको समन्वयमा आयोजित उक्त नि:शुल्क रक्तदान शिविर कार्यक्रम मंगलबार राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा सम्पन्न भएको हो ।“रक्तदान […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका नाै वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि संचालित आमा तथा नवजात शिशु सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम बिहिवार पालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ।राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतकाे अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि विष्टले गर्भवती महिला […]
दाङ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास)ले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गर्नु भएको छ ।बिहीबार ४१औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त रेफ्रिजेरेजर हस्तान्तरण गर्नु भएको हो । ‘मानवताको सेवा नै धर्म हो’ अध्यक्ष पोख्रेलले भन्नु भयो,”डाइलसिस सेन्टर सञ्चालन र व्यवस्थापनमा सहयोग पुगोस् हरेक गरिब दुखी सबैलाई […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा गिद्ध संरक्षणका लागि पशु चिकित्सक तथा प्राविधिकहरु बीच बुधबार एक दिने तालिम कार्यक्रमकाे आयोजना सम्पन्न गरिएको छ । नेपाल पंन्छी संरक्षण संघ लाजिम्पाट काठमाडौंको आयाेजना तथा डिभिजन वन कार्यलय लमही, उचानिम्बु सामुदायिक वन उपभोक्ता समूह कप्तानगंन्ज,नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एशाेसियसन दाङको समन्वय तथा व्यवस्थापन साे तालिम कार्यक्रम सम्पन्न गरीएको […]
दाङ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय अन्तरक्रिया कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका विभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्य संघ संस्थाका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको एक दिने अन्तरक्रिया कार्यक्रममा हात्तीपाईले रोगको […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्ल्स कालेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली को पहलमा आज नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर समपन्न भएको छ ।लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालरको आयोजनामा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । संचालन गरिएको शिविरमा छालातथा यौन रोग , […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको गोबरडिया आयुर्वेद औषधालयबाट सेकाइ प्रविधिबाट उपचार सेवा शुक्रबारदेखि सुरु भएको छ।गोबरडिया आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीको सभापतित्व एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलो प्रमुख आतिथ्यमामा एक कार्यक्रमको आयोजना गरी पंचकर्म चिकित्सक सेवा सुरु गरिएको हो।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वास्थ्यको […]
दाङ । महिलाहरुको समस्यालाई मध्यनजर गरि राजपुर गाउँपालिकाले नाकाक्षेत्रमा प्रसुती गृह संचालनमा ल्याएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा प्रसुती गृह सञ्चालनमा ल्याईएको हो । नाकाका महिलाहरुलाई गर्भवती हुँदा भारतको भर पर्नुपर्ने बाध्यता थियो । जँगलको लामो बाटो हिँडाईले महिलालाई थप समस्या उत्पन्न हुने गरेको नाकाबासी बताउँछन । आफ्नै देशको स्वास्थ्य कार्यालय […]