
Gfs
Ggp
Srbpu
Pes
Rgp
Djs
Pbu
pku
Lnp
sbs
Unsku
Sgr
Rgp1
cjs

nsb
Rgs
Rgu
Ksm
Bbbpu
Sls
Wsp
Ssm
Ggd
Vor
Pvg
Rsb
Bbu
Rgu
Hal
Sbs
Gst
Tsm
Asm

Ptm
Pls
bbt
Bml
Syp
Gsb
Jmb
Rpp
Jmb
Rmb
Mks
sab
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा नि:शुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको सहकार्य एवं समन्वयमा संचालन भएको उक्त नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्त्रीरोग,टिभी-छाला रोग,एचआईभी,दन्त लगायतको सेवाद्वारा १ सय ८१ जना सेवा ग्राहीलाई सेवा दिइएको राजपुर स्वास्थ्य चौकीका इन्चार्ज खिम बहादुर रावतले जानकारी दिनु भयो ।
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले लुम्बिनी प्रदेश दिवसको अवसरमा संचालन भएको नि:शुल्क स्वास्थ्य शिविरलाई विशेषगरि नाका बासीका समस्यालाई मध्यनजर गरेर सेवा प्रदान गरिएको बताउनु भयो ।
त्यस्तै अध्यक्ष बुढाथोकीले आगामी दिनमा राजपुर गाउँपालिकाद्वारा अन्य विभिन्न संघ-संस्थासंग समन्वय एवं सहकार्य गरेर क्रमशः नाका क्षेत्रका प्रमुख गाउँहरुमा यसैगरी नि:शुल्क स्वास्थ्य शिविर संचालन गरि नाका बासीलाई सेवा प्रदान गर्ने बताउनु भएको छ ।
उक्त शिविर कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे,वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम बहादुर रोका,वडा नम्बर २ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक ओमप्रकाश यादव लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य प्रमुख टिम,नेपाल परिवार नियोजन संघ,राप्ती प्रदेशिक अस्पताल तुलसीपुर लगायत राजपुरका दर्जनौं स्वास्थ्य कर्मीको उपस्थिति मा सम्पन्न भएको सो नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको संचालन राजपुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कमल बहादुर रोकायले गर्नु भएको थियो ।
