टेकबहादुर पुन/जिल्ला ब्युरो बुधबार, माघ ०४, २०७९

दाङ । महिलाहरुको समस्यालाई मध्यनजर गरि राजपुर गाउँपालिकाले नाकाक्षेत्रमा प्रसुती गृह संचालनमा ल्याएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा प्रसुती गृह सञ्चालनमा ल्याईएको हो । नाकाका महिलाहरुलाई गर्भवती हुँदा भारतको भर पर्नुपर्ने बाध्यता थियो । जँगलको लामो बाटो हिँडाईले महिलालाई थप समस्या उत्पन्न हुने गरेको नाकाबासी बताउँछन । आफ्नै देशको स्वास्थ्य कार्यालय पुग्नपनि उत्तिकै सकस हुन्थ्यो । ओकाली ओरालीको हिडाँई र थकाईले महिलाको आदा प्राण बाटोमै सकिने गरेको महिलाहरु पीडा पोख्छन ।गर्भवतीको समयमा महिलालाई पौष्टिक तत्व सँगै आरामदायी समयको आबस्यक्ताका बेला बाटोको हिँडाईले थकित हुँदा गर्भपतनमा समस्या हुने गरेको चिकित्सक हरु बताउँछन । यिनै समस्यालाई मध्यनजर गर्दै सुरक्षित गर्भपतनका लागि नाकामै प्रसुती गृह सञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकिले बताए । उनले चुनाबका बेला बोलेका कुराहरुलाई सहज तरिकाले पूरा गर्दै सधै जनताको पक्षमा रहने बताए ।नाकाबासी महिलाको वास्तविक पिडा आफुले बुझेको र सरकारको अनुभूति दिलाउन सेवा दिन थालिएको उपाध्यक्ष धनपती यादबले बताईन । उनले गर्भवतीको बेला महिलाले भोग्नु परेको पिडालाई अन्त्य गरि छिटो छरितो सेवा दिनेगरी प्रसुती गृह सञ्चालनमा ल्याईएको बताईन । यस्तो सुबिधाले दैनिक भोग्नुपरेको पीडा अन्त्य हुने बिश्वास गरिएको छ । गाउँपालिकाले थालेको यो कामलाई नाकाबासीले खुसी ब्यक्त गर्दै स्वागत गरेका छन । बिगत देखि नै भोक्दै आएको नाकाबासीको यस्तो समस्या सधैका लागि अन्त्य भएको छ । नाकाबासीले अब नाकामै बालबच्चाको जन्मदिन सक्ने भएका छन । जसले गर्दा नाकाकबासीमा छुट्टै उमँग छाएको छ ।त्यस्तै प्रसुती गृहमा ३ जना कर्मचारीको ब्यबस्थापन गरिएको छ । २ जना अनमी सहित १ जना अहेब कार्यरत रहने गरि ब्यबस्थापन गरिएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए । उनिहरुको तलब सुबिधा गाउँपालिका आफैले ब्यबस्थापन गर्नेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]