
Rgp
Msbus
Asbus
Ggp
Ksbus
Ksbus
Ggp
Lnp
Sdc

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्ल्स कालेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली को पहलमा आज नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर समपन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालरको आयोजनामा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । संचालन गरिएको शिविरमा छालातथा यौन रोग , महिला तथा स्त्रीरोग तथा जनरल सेवाहरू का साथ शिविर संचालन गरिएको छ । सो शिविर बाट कृष्णनगर नगरपालिका भित्रका बहुसंख्यक सेवाग्राही आफ्नो चेकजांच गराउनका साथै नि:शुल्क रूपमा औषधि समेत लगेका छन् । स्त्री रोग विशेषज्ञ शकुन्तला गुप्ता,छाला रोग विशेषज्ञ रक्षा पाठक, जनरल फिजिशियन डा.पोषण न्योपाने रहेका थिए ।
त्यस्तै सोही क्रममा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अल्कूफी,आयसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां, मौलाना अब्दुल नूर, डा. सहिद अहमद असरि, मौलाना अब्दुल सत्तार,मौलाना अब्दुल रशीद मदनी लगायतले प्रदेश निर्दैशनालयका डायरेक्टर डा. विनोद कुमार गिरि, मुस्लिम आयोगका सदस्य अरशद मिर्जा बेग,बरिष्ठ जनस्वास्थ्य प्रशासक रोसनलाल चौधरी तथा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा लाई राष्ट्रीय मदरसा संघ नेपालले सम्मान गरेको थियो ।
