
Gfs
Unsku
Srbpu
cjs
Pbu
Rgp
Djs
pku
Rgp1
Lnp
Ggp
sbs
Pes
Sgr

Tsm
nsb
Hal
Pvg
Bbbpu
Rgu
Ksm
Rsb
Rgs
Asm
Sls
Vor
Ssm
Rgu
Sbs
Wsp
Ggd
Gst
Bbu

Syp
Pls
Jmb
Mks
sab
Gsb
Rpp
bbt
Jmb
Rmb
Abd
Ptm
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा गिद्ध संरक्षणका लागि पशु चिकित्सक तथा प्राविधिकहरु बीच बुधबार एक दिने तालिम कार्यक्रमकाे आयोजना सम्पन्न गरिएको छ ।
नेपाल पंन्छी संरक्षण संघ लाजिम्पाट काठमाडौंको आयाेजना तथा डिभिजन वन कार्यलय लमही, उचानिम्बु सामुदायिक वन उपभोक्ता समूह कप्तानगंन्ज,नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एशाेसियसन दाङको समन्वय तथा व्यवस्थापन साे तालिम कार्यक्रम सम्पन्न गरीएको हो ।
राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा कालिका समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पहलमान चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका पशु शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले कृषि बालीमा प्रयोग गर्ने बिषादी र पशुपंक्षीमा प्रयोग हुने औषधिका कारण गिद्धहरुमा परेकाे असर बारे स्पष्ट गराउदै गिद्ध संरक्षणमा गर्न सकिने प्रयासका बारेमा जानकारी गराउनु भएको थियाे।
त्यस्तै कार्यक्रमका अध्यक्ष चाैधरीले प्रकृतिका कुचिकार गिद्धको प्रकृतिक धार्मिक तथा सांस्कृतिक क्षेत्रसंग सम्बन्ध गाँसीएकोले तथा अहिलेको अबस्थामा यो पंक्षी लोपउन्मुख अबस्थामा रहेकोले यस संग सरोकार राख्ने सम्पुर्ण संघ संस्था तथा सरोकारवाला निकायले एक जुट भएर गिद्धको संरक्षका निम्ति दिगो गुरुयोजना बनाएर गिद्ध संरक्षणका लागी लक्ष्य, उदेश्य, यसको बासस्थान, स्वच्छ आहार तथा उदार लगायतका बिषयमा जनचेतना मुलक कार्यक्रम तथा सन्देश फैलाउन जरुरी रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एशाेसियसनका जिल्ला अध्यक्ष दामाेदर आचार्य ,केन्द्रीय सदस्य कृष्ण विष्ट,नेल्टाका प्रदेश सचिव शेर बहादुर हमाल,पालिकाका लेखा अधिकृत धन प्रसाद शर्मा ,उचानिम्बु सामुदायिक वन उपभोक्ता समूह कप्तानगंन्जका अध्यक्ष प्रेमलाल चाैधरी,करम्दी सामुदायिक वन उपभोक्ता समितिका सीता शर्मा लगायले गिद्ध संरक्षणका बारेमा आ आफ्नाे भनाइ राख्नु भएको थियो ।
देउखुरी क्षेत्रका चार ओटा स्थानीय तहका सराेकारवालाहरुकाे सहभागीता रहेकाे कार्यक्रममा नेपाल पंन्छी संरक्षण संघका परियोजनाका अधिकृत भुपाल नेपाली ,जिव विज्ञ प्रितम चन्द,गिद्व संरक्षण विज्ञ दिलिप चन्द,लमही नगरपालिकाका पशुसेवा शाखाका प्राविधिक सहायक गणेश चाैधरीले कार्यक्रमको प्रस्तुतीकरण गर्नु भएको थियाे भने कार्यक्रमकाे सहजिकरण गिद्व संरक्षण केन्द्रका संयाेजक तथा करम्दी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यम बहादुर राेका मगरले गर्नु भएको थियाे। 
