
Rgp1
sbs
Lnp
Pbu
Sgr
Pes
pku
Rgp
Djs
Unsku
Srbpu
Gfs
cjs
Ggp

Bbbpu
Ggd
Rgu
Wsp
Asm
Sbs
Hal
Rgu
nsb
Vor
Rsb
Ksm
Sls
Rgs
Gst
Pvg
Ssm
Tsm
Bbu

Jmb
Rmb
Syp
Gsb
sab
Mks
bbt
Jmb
Rpp
Bml
Pls
Ptm
Abd
दाङ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास)ले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गर्नु भएको छ ।
बिहीबार ४१औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त रेफ्रिजेरेजर हस्तान्तरण गर्नु भएको हो । ‘मानवताको सेवा नै धर्म हो’ अध्यक्ष पोख्रेलले भन्नु भयो,”डाइलसिस सेन्टर सञ्चालन र व्यवस्थापनमा सहयोग पुगोस् हरेक गरिब दुखी सबैलाई अत्यावश्यक सिरिन्ज,औषधिजन्य सामान राख्न सहज होस् भनेर सहयोग गरेको हुँ”अध्यक्ष पोख्रेलले भन्नु भयो ।
जन्मदिनको मौका पारेर पालिका अध्यक्ष पोख्रेलले गरेको सहयोग अनुकरणीय रहेको रोटरी क्लब अफ लमहीका अध्यक्ष शंकर पाण्डेले बताउनु भयो। बिशाल दिल भएकै कारण कम उमेरमै पालिका प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएको भन्दै जन्मदिनको शुभकामना सहित धन्यबाद ज्ञापन गर्नु भयो ।
गढवा गाउँपालिका वडा नम्बर २ महदेवाका भोला प्रसाद चौधरीका ५१ बर्षिय श्रीमती सुलोचना चौधरीको दुबै किड्नी फेल भई बिगत एक वर्षदेखि हप्तामा दुई पटक डाइलसिस गराउदै आईरहनु भएको छ । जुन लमही डाइलसिस सेन्टरबाट नि:शुल्क भइरहेको छ तर सिरिन्ज,महत्वपूर्ण औषधी,रगत राख्ने रेफ्रिजेरेजर फ्रिज भने सेन्टरमा एक ओटा मात्र भएकोले सेन्टरकै महत्वपूर्ण औषधीहरु राखेर भरिएको समयमा बिरामीहरुलाई आफ्नो सिरिन्ज,ब्लड र औषधि चिसोमा राख्नका लागि आफै व्यवस्थापन गर्नु पर्ने ठुलो समस्या रहेको थियो ।
त्यस्तै यि यावत समस्याहरु लिएर महदेवाका भोला प्रसाद चौधरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई बिहिवार बिहानै उहाँकै घरमा पुगी सबै समस्या सुनाउनु भयो र अध्यक्ष पोख्रेलले समस्यालाई मनन् गरी तत्काल रोटरी क्लब अफ लमहीसंग समन्वय गरी भोला चौधरी लगायत त्यस्तै समस्या भोग्ने गरेका अन्य थुप्रै बिरामीहरूको पिडालाई ध्यानमा राखि रेफ्रिजेरेजर सहयोग गर्ने मनसाय बनाउनु भयो। जन्मदिनको अवसरमा डाइलसिस बिरामीहरुको स्वास्थ्यलाई ख्याल गर्दै सानो सहयोग गरेको बताउनु भयो । जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि बिरामीलाई सहयोग गरेको पालिका अध्यक्ष पोख्रेलले बताउनु भयो ।
रोटरी क्लब अफ लमहीले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अरूलाई बदल्नु छ भने राम्रा,असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिनु भयो । जन्म दिनमा हुने फजुल खर्चलाई कटौती गदै सामाजिक क्षेत्रमा सहयोग गर्नु सकारात्मक कार्य भएको प्रतिक्रिया दिदै आगामी दिनमा मानव सेवामा समर्पित कार्यहरुको गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
रोटरी क्लब अफ लमहीका अध्यक्ष शंकर पाण्डेको अध्यक्ष तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा भएको रेफ्रिजेरेजर हस्तान्तरण कार्यक्रममा लमही सामुदायिक डाइलसिस सेन्टरका डाक्टर अब्दुस सबुद खानले सेन्टरमा एकदमै आवश्यक रहेको रेफ्रिजेरेजर (फ्रिज) को आवश्यक्ता महसुस गरी सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष पोख्रेललाई बिशेष धन्यबाद ज्ञापन गर्नु भयो।
हस्तान्तरण कार्यक्रम रोटरी क्लब अफ लमहीका सदस्य सकुन्तला डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रोटरी क्लब अफ लमहीका सचिव फणाधर ढकालले गर्नु भएको थियो।
