
Msbus
Lnp
Ggp
Ksbus
Sdc
Ggp
Ksbus
Rgp
Asbus

नुवाकोट । नेपाल क्षयराेग निवारण संस्था जिल्ला शाखा नुवाकोटको १६ औं वार्षिक साधारण सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
संस्थाका जिल्ला सभापति निरनमान डंगाेलकाे सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्षयराेग निवारण गर्ने उद्देश्यका साथ जिल्लामा कार्य गरिरहेकाे यस संस्थामा ६२ जना आजिवन सदस्य र १० साधारण सदस्यहरु रहेका छन् । क्षयराेग निवारण गर्ने उद्देस्यका साथ निरन्तर रुपमा काम गरिरहेकाे यस संस्थाले विद्यालय स्तरमा जुनियर नाटा गठनगरि विद्यालय र समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रमहरु संचालनगरि कार्य गरिरहेकाे छ ।
संस्थाका उप-सभापति दिवाकर शर्मा रिमालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा संस्थाका काेषाध्यक्ष शर्मिला श्रेष्ठले संस्थाकाे आयव्यय प्रस्तुत गर्नु भएको थियो भने संस्थागत वार्षिक र भावि कार्ययाेजनाकाे प्रतिवेदन अध्यक्षबाट प्रस्तुत भएको थियाे ।
नेपाल समाजवादी पार्टी जिल्ला अध्यक्ष भगवान राना मगरले संस्थाले जिल्लामा विविध कार्य गरिरहेकाे भएतापनि पालिका र वडाहरुसंग समन्वयगरि अझ बढी विस्तारित रुपमा कार्यगरि जिल्लालाई क्षयरोग मुक्त जिल्ला बनाउन संस्थाले कदम चाल्नु पर्ने कुरा शुभकामना मन्तव्यका क्रममा बताउनु भयाे ।
यसैगरि विद्यालय स्तरमा नेपाल क्षयरोग निवारण संस्थाले कार्यगरि विद्यालय स्तरबाट क्षयराेग निवारण सम्बन्धित जनचेतना जगाउन अझ धेरै सहज हुने हुँदा जिल्लाका सबै विद्यालयमागई संस्थाले कार्य गर्न सकेमा राम्रो हुने कुरा आजिवन सदस्य मुकुन्द प्रसाद रिजालले बताउनु भएको थियाे ।
